Comments Add Comment

आर्यन र अर्पणलाई लिएर ‘बटरफ्लाई’ बन्ने, नायिका नपाउँदा छायांकन प्रभावित

aaryan adhikari (1)
निर्देशक ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार हुन लागेको चलचित्र ‘बटरफ्लाई’-कलर्स अफ लभ’का लागि नायिका भेट्न मुश्किल परेको छ । अहिले हरेकजसो चलचित्रका लागि नयाँ नायिकाको खोजी गरिएको पाइन्छ । ओम पनि नयाँ नायिकाको खोजी गरिरहेका छन् । मंसिरको पहिलो साताबाट नै छायांकनमा जाने भनिपनि नायिका नपाउँदा मंसिरको अन्तिम सातालाई छायांकन तय गरिएको छ ।

यो चलचित्रमा नायक आर्यन अधिकारी र अर्पण थापा मुख्य भूमिकामा देखिदैछन् । चलचित्र ‘के म तिम्रो होइन र’मा आफ्नो सिक्स प्याककै कारण आर्यन चर्चामा आएका थिए । नायिकाको भूमिका चुनौतीपूर्ण रहेका कारण पनि खोजे जस्तो नपाइएको निर्देशकको भनाई छ । यहि, चलचित्रका लागि नायक आर्यनले ८ केजी तौल पनि घटाएका छन् । ‘बटरफ्लाई’ शिर्षक अनुसार जीउडाल र उचाई मिल्ने नायिका चाहिएको निर्माणपक्षले बताएको छ ।

द प|mेम क्रियशनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रलाई सन्तोष अधिकारीले निर्माण गर्दैछन् । चलचित्रका कार्यकारी निर्माता रमेश प्रजापति हुन् भने कन्ट्री निर्माताका रुपमा ध्रुवराज रहेका छन् । चलचित्रको छायांकन सुरेश बज्राचार्यले गर्दै छन् भने चलचित्रमा विकास चौधरी र दीपक शर्माले संगीत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment