Comments Add Comment

एमाले, मधेसी र नयाँशक्तिका नेता तान्ने राप्रपाको रणनीति

यी हुन् कमल थापा र पशुपतिले घरमा बोलाएका नेता !

madhesi-leaders

७ मंसिर, काठमाडौं । एकीकृत राप्रपाका दुई अध्यक्ष कमल थापा र पशुपतिसममशेर जबराले मधेसवादी दल र नेकपा एमालेमा रहेका केही नेतालाई पुरानो घरमा फर्किन निम्तो दिएका छन् । यसरी निम्तो पाउनेमा नयाँशक्तिमा रहेका पूर्वपञ्चसमेत छन् ।

आखिर  तिनीहरु को हुन्, जसले राप्रपाको निम्तो पाउने ?

सर्वेन्द्र शुक्लदेखि रेणु यादवसम्म

मधेसमा कुनैबेला राप्रपाको ठूलो शक्ति थियो । मुलुकमा बहुदलीय व्यवस्था स्थापनालगत्तै तराई–मधेसका स्थापित नेता तथा जमिन्दारहरु राप्रपामा लागेका थिए ।

sarbendranath sukla
सर्वेन्द्रनाथ शुक्ल

राप्रपाले ०५१ सालको मध्यावधि निर्वाचनमा २० सीट जित्दा आधाभन्दा बढी सांसद तराई मधेसका थिए । तीमध्ये अधिकांश प्रभावशाली नेताहरु अहिले विभिन्न मधेशवादी दलमा निर्णायक तहमा छन् ।

विशेष गरी ०६२\६३ को जनआन्दोलनको सफलतासँगै परम्परागत राजतन्त्र पक्षधर शक्ति राप्रपा छिन्नभिन्न र कमजोर बन्यो । मधेस आन्दोलनमार्फत नयाँ शक्ति उदाउन थालेपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहको सरकारमा रहेका मधेसी नेताहरुले राप्रपामा भविष्य देखेनन् ।

जसरी ०४६ सालमा पञ्चायत ढलेलगत्तै धेरै पञ्च नेताहरु कांग्रेस प्रवेश गरेका थिए । त्यसै गरी ०६४ सालमा धेरै राजावादी नेताहरु मधेसवादी दलमा प्रवेश गरे । तीमध्ये अधिकांश राजाको सरकारका मन्त्री र अञ्चलाधीश थिए ।

हाल तराई मधेस लोकतान्त्रिक पार्टीको शीर्ष नेतृत्वमा रहेका संसदीय दलका नेता सर्वेन्द्रनाथ शुक्ल र बृजेशकुमार गुप्ता जनआन्दोलन अघि राप्रपाका सांसद थिए । उनीहरु दुबैजना राजाको सरकारमा मन्त्री भए ।

त्यस्तै संघीय समाजवादी फोरमकी नेता रेणुकमारी यादव र सांसद अभिशेष प्रताप साह पनि राप्रपाको विरासतबाट आएका युवा नेता हुन् ।

brijesh-kumar-gupta
बृजेशकुमार गुप्ता

रेणु ०६४ सालसम्म राप्रपाकी सांसद थिइन् । अभिशेषका पिता अभयप्रताप शाह राप्रपाबाट सांसद थिए । अभय द्वन्द्वकालमा मारिएपछि छोराले राजनीतिक विरासत धानेका हुन् ।

त्यस्तै राप्रपाको महामन्त्री र सांसद तथा राजाका पालामा मन्त्री भएका रामचन्द्र राय पनि फोरममा लागेका थिए । उनी पछिल्लो समय निष्क्रिय छन् ।

राप्रपाबाटै सांसद बनेका खोभारी राय पनि पछिल्लो समय सदभावना पार्टीमा छन् । उनले ०६४ मा सद्भावनाबाटै चुनाव जिते ।

राप्रपासँगै जोडिएका सप्तरीका मृगेन्द्रकुमार सिहं पनि पछिल्लो समय फोरम लोकतान्त्रिकमा थिए । अहिले उनी फोरम लोकतान्त्रिक छाडेर राजेन्द्र महतोको सदभावना पार्टीमा लागेका छन् ।

मधेसका अन्य जिल्ला र केन्द्र तहका धेरै राप्रपा नेताहरु अहिले मधेसवादी दलमा आवद्ध छन्, जसलाई आफूतिर तान्ने रणनीतिमा राप्रपा लागेको देखिन्छ ।

मधेसवादी दलका अध्यक्षबाहेक नेतृत्वको प्रमुख आधार नै पूर्वराप्रपा नेताहरु हुन् । थापा र राणाले संविधानमा असन्तुष्ट रहने मधेसीहरुको माग संविधान संसोधनबाटै पूरा हुने भन्दै सीमानामा गएर नाकाबन्दी गर्नुको साटो राप्रपामा फर्किन आह्वान गर्नु निकै अर्थपूर्ण छ ।

सोमबार पार्टी एकता घोषणा कार्यक्रममा कमल थापा मधेसप्रति धेरै नै नरम देखिएका थिए । उनले मधेसको मुद्दा सम्वोधन नगरी संविधान कार्यान्वयन र चुनाव हुनै नसक्ने भन्दै संविधान संशोधनको पक्षमा मत दिने संकेत गरे ।

एमालेमा पनि असर पर्न सक्ने

krishna-kumar-rai
कृष्णकुमार राई

मधेसवादी बाहेक राप्रपा नेता थापा र राणाले घर फर्किन आह्वान गरेका केही नेता एमालेमा समेत छन् । उनीहरु राप्रपामा फर्किए पनि एमालेलाई पनि असर पार्न सक्छ ।

जस्तो कि एमालेबाट सुनसरी–१ का सांसद रहेका कृष्णकुमार राई चुनावको केही अघिसम्म राप्रपामै थिए । उनी राप्रपा कमजोर भएपछि एमालेमा प्रवेश गरेका हुन् ।

त्यस्तै जाजरकोटका पूर्वसांसद तथा राप्रपाका पूर्वमहामन्त्री गोविन्दविक्रम शाह एक वर्ष अघिमात्रै एमाले प्रवेश गरेर हाल केन्द्रीय सल्लाहकार बनेका छन् ।

एमालेमा यसअघि राप्रपाबाटै गणेशवहादुर खत्री, नरबहादुर बुढाथोकी, भीमप्रसाद गौचन, सत्यमान लामा र भुपाल किरातीहरु प्रवेश गरेका थिए । तर, राजाले शासन हातमा लिएलगत्तै खत्री बाहेक अरु सबैले एमाले छाडेका थिए ।

केशरबहादुरदेखि नयाँशक्तिका खापुङसम्म

राप्रपाका शीर्ष नेताहरुले कसलाई घर फर्किन आह्वान गरेका होलान् ? ‘विभिन्न राजनीतिक दल र स्वतन्त्र रहेका नेताहरु’ भन्नेवित्तिकै सबैभन्दा पछिल्लो समय राप्रपा नेपालबाट अलग्गिएका केशरवहादुर विष्टको नाम आउँछ । तर, यो सूचीमा उनीमात्रै छैनन् ।

Kesharbahaur-Bist
केशरवहादुर विष्ट

राप्रपाका संस्थापक नेता विष्ट सहअध्यक्ष पनि हुन् । उनी पञ्चायत ढलेपछि कांग्रेस भएका थिए । तर, कांग्रेसले सांसदको टिकट नदिएपछि पुनः राप्रपा भए । जब कि अर्जुन नरसिंह केसी भने राप्रपा स्थापना गरेर आफूचाहिँ कांग्रेस प्रवेश गरेका थिए । अहिले केसी कांग्रेसका तर्फबाट मन्त्री छन् ।

केशरवहावहादुर विष्टभन्दा अघि राप्रपा नेपालबाट बाहिरिएका पद्मसुन्दर लावतीका छोरा सगुनसुन्दर लावतीको समूह पनि एकीकरणमा पूरै समाहित भइसकेको छैन । यो आह्वान उनीहरुलाई पनि हो । यद्यपि लावती यस अघि नै राप्रपामा प्रवेश गरिसकेका छन् ।

रोचक कुरा त के छ भने राप्रपा एकीकरणमा नसमेटिएका विष्टका छोरा पूर्वमन्त्री विराज विष्ट र राप्रपा नेपालसँग विद्रोह गरेका सगुनकी पत्नी बबिना मोक्तान राप्रपा नेपालकै सांसद हुन् । उनीहरुसहित राप्रपाको संसदीय दल ३७ सदस्यीय हुँदैछ ।

राप्रपा नेताहरुको आह्वान हाल नयाँ शक्तिमा पुगेका परशुराम खापुङलाई पनि हो । कम्युनिस्ट पार्टी छाडेर राष्ट्रिय पञ्चायतको सदस्य बनेका खापुङ राप्रपाका पूर्वमहामन्त्री हुन् ।

टुटेको कडी जोड्ने प्रयास

प्रज्ञा प्रतिष्ठानको पार्टी एकीकरण समारोहमा दुवै अध्यक्षले विशेष जोड दिएरै भने– विभिन्न राजनीतिक दल र स्वतन्त्र रुपमा रहेका, तर राप्रपाको इतिहाससँग जोडिएका सबै घर फर्किनुस् र बलियो वैअबको तेस्रो शक्ति को रु माओवादी, मधेसवादी, राप्रपा वा नयाँ शक्ति रुकल्पिक राजनीतिक शक्ति निर्माण गरौं ।

unity-of-rpp

कमल थापा र पशुपतिमात्र होइन, लोकेन्द्रबहादुर चन्द र विश्वबन्धु थापा अनि प्रकाशचन्द्र लोहनीले पनि विभिन्न राजनीतिक कित्तामा पुगेका पूर्वराप्रपा नेताहरुलाई घर फर्किन आह्वान गर्नुको राजनीतिक अर्थ छ । यद्यपि यो आह्वान मानेर घर फर्किनेको संख्या न्यून हुन सक्छ ।

राप्रपा नेपाल र राप्रपा एकीकरणपछि पनि राप्रपा संसदमा चौथो शक्ति नै बनेको छ । तर, संसदमा उसको सीट संख्या बढेर ३७ पुगेको छ । यो एकीकरणसँगै राप्रपा आउदो चुनावमा शसक्त बैकल्पिक शक्ति बन्ने दावी नेताहरुले गरेका छन् ।

कार्यकर्ताको उत्साह भर्न नेताहरुले राप्रपाले स्थानीय तहदेखि केन्द्रसम्म पहिलो शक्ति हुने दावी गरे पनि उसको मताधार हेर्दा चौथो शक्ति कायम राख्न पनि नयाँ पुस्तामा निकै प्रभाव जमाउनुपर्नेछ । यसैले हुनुपर्छ उसले घर छाडेकाहरुलाई राप्रपामा फर्कन आग्रह गरेको ।

यो पनि पढ्नुहोस्

अबको तेस्रो शक्ति को ? माओवादी, मधेसवादी, राप्रपा वा नयाँ शक्ति ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment