+
+
Shares

चलचित्रमा फर्कदै स्वेता, दयाहाङसँग जोडी वाँध्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर ७ गते १३:३२

shewta-and-dayahang
‘कोहिनुर’ जस्तो सफल चलचित्रकी नायिका तथा निर्मात्री स्वेता खड्का करिब २ बर्षपछि चलचित्र क्षेत्रमा फर्कने भएकी छिन् । स्वेताले लामो समयदेखि चलचित्र निर्माण गर्ने चर्चा चलेपनि कहिलेबाट काम अगाडि बढ्छ भन्ने खुलेको थिएन ।

तर, नायिका खड्का नेपाः मुभिजबाट नयाँ चलचित्र निर्माणको तयारीमा छिन्, जसलाई निर्देशक आकाश अधिकारीले नै निर्देशन गर्दैछन् । जसले यस अगाडि चलचित्र ‘कोहिनुर’ निर्देशन गरेका थिए ।

स्वेताकै मुख्य भूमिका रहने चलचित्रको छायांकन चैत्र वा वैशाखबाट सुरु हुनेछ । यो चलचित्रका लागि नायिका खड्काले नायक दयाहाङ राइसँग कुरा गरिसकेकी छिन् । दयाहाङ अहिले बेलायतमा चलचित्र ‘ह्याप्पी डेज’को छायांकनमा व्यस्त छन् ।

दयासँग स्वेताले एक चरणको कुरा गरिसकेकी छिन् । लभस्टोरी तथा कमेडी जनरामा निर्माण हुने यो चलचित्रबाट स्वेताले धमकेदार कमब्याक गर्ने सोच बनाएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?