+
+
Shares

पाँच नम्बर प्रदेशको सीमांकन हेरफेर सरकारको बाध्यताः अनन्त

कपिल ज्ञवाली कपिल ज्ञवाली
२०७३ मंसिर ९ गते १८:२९

९ मंसिर, बुटवल । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले पाँच नम्बर प्रदेशको सीमांकन हेरफेर प्रस्ताव राजनैतिक बाध्यताले आएको बताएका छन् । राजनीतिक सहमतिका लागि सीमाकंन हेरफेर जरुरी रहेको उनले बताए ।

Barshaman-Pun-anantaप्रेस सेन्टर नेपाल रुपन्देहीले विहिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले जनताको चाहना एकातिर हुँदा हुँदै पनि राजनीतिक सहमतिका लागि सीमांकन हेरफेर गर्न खोजिएको बताए । ‘भावनात्मक रुपमा यो प्रदेश नटुक्रिएको राम्रो हो,’ उनले भने, ‘उपेक्षित एउटा समूहले संविधान अस्विकार गरेपछि संविधान कार्यान्वयनका लागि पनि संविधान संशोधन गर्नुपरेको हो ।’

मधेसवादी दलहरुलाई संविधान कार्यान्वयनको प्रक्रियामा ल्याउनका लागि सरकारले पाँच नम्बर प्रदेशको सीमाकंन हेरफेर गर्न प्रस्ताव ल्याएको उनले बताए ।

‘संसोधन पारित हुन्छ कि हुन्न त्यो पछिको बिषय हो, तर सरकारले प्रस्ताव ल्याउँछ,’ उनले भने ।

नागरिकताको बिषयमा बाहिर हल्ला फैलाए जस्तो गरी संविधान संसोधन नहुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?