+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

‘डायरी’मा रेखा भिलेन, छुल्ठिमको प्रेम अवतार(टिजर हेर्नुहोस्)

अनलाइनखबर अनलाइनखबर
२०७३ मंसिर ११ गते १०:४५

rekha-in-diary
चलचित्र ‘डायरी’को टिजर रिलिज भएको छ । नेपाली चलचित्र मेकिङमा पनि उच्च बनिरहेको समयमा यसको टिजरले पनि चलचित्रको गुणस्तरलाई बोलेको छ । चलचित्रमा नायिका रेखा थापा, छुल्ठिम गुरुङ र सन्नी सिंहको मुख्य भूमिका छ ।

चलचित्रको टिजरमा नायिका रेखा थापालाई पूर्ण रुपमा खलपात्रको रुपमा देखाइएको छ, जुन दर्शकका लागि नयाँ स्वाद हुनसक्छ । ‘नोभेम्बर रेन’की ‘डल्ली’ छुल्ठिम यसमा पनि चुलबुले यूवतीको रुपमा देखिएकी छिन् ।

छुल्ठिम इन्टरटेनमेन्ट र एयर क्रु प्रोडक्सनले संयुक्त रुपमा निर्माण रहेको यस चलचित्रलाई ‘आवरण’ चलचित्र मार्फत निर्माताको रुपमा रजतपटमा प्रवेश गरेका अनिल योन्जनले निर्देशन गरेका छन् ।
आफ्नो स्टारडमकै कारणले पनि चलचित्र हाक्न सक्ने रेखा यसमा भने भूमिका सुहाउँदो भएकाले भिलेन बनेकी छिन् ।

चलचित्रमा दीनेश डीसी, विनोद पौडेल लगायतका कलाकारको पनि अभिनय छ । चलचित्रमा छेतेन गुरुङको कथा, शिवराम श्रेष्ठको छायांकन, प्रविन श्रेष्ठको सम्पादन छ । यो चलचित्र चैत्रमा रिलिज गर्ने तयारी निर्माणपक्षको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?