Comments Add Comment

क्यामराको अगाडि सेक्स गर्ने जोडीलाई कलेजले दिनेछ पैसा, तर….

aidsभलै तपाइँलाई सुन्दा अपत्यारिलो लाग्ला तर यो सही साँचो कुरा हो । अब जो सुकै जोडीले क्यामराको अगाडि यौन सम्पर्क गर्न राजी हुन्छन् उनीहरुलाई विश्वविद्यालयले निश्चित रकम प्रदान गर्नेछ । आखिर यसरी दुनियालाई क्यामराको अगाडि सेक्स गराएर पैसा तिर्नुमा विश्वविद्यालयको के स्वार्थ छ होला ? अनि यस्तो विश्वविद्यालय कुन देशको होला ?

बेलायतको कोवेन्ट्री युनिभर्सिटीले यस्तो घोषणा गरेको हो । विश्वविद्यालयले क्यामराको अगाडि सेक्स गर्ने जोडीलाई पुरस्कार स्वरुप ४ सय पाउण्ड नगद दिनेछ । तर यसरी सेक्स गर्ने महिला तथा पुरुषको उमेर १८ देखि २५ वर्ष उमेरभित्रको हुनुपर्नेछ ।

वास्तवमा विश्वविद्यालयले सुरक्षित सहवासलाई प्रवर्द्धन गर्नका लागि एउटा अभियान चलाएको छ । उक्त अभियानका लागि विश्वविद्यालय यस्ता मानिसहरुको खोजीमा छ जो आफ्नो पार्टनरसँग क्यामराको अगाडि सेक्स गर्न सक्दछन् । यो अभियानलाई परिवर्तनको मौका नाम दिइएको छ ।

यसरी खिचिएका भिडियोहरुमार्फत सुरक्षित यौन सम्पर्कका विषयमा चेतना जगाउने लक्ष्य विश्वविद्यालयको छ । खासगरी १५ देखि २४ वर्षसम्मका युवायुवतीहरुमा कण्डमको प्रयोग गरी सेक्स गर्ने दर बढाउने लक्ष्य उसको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment