Comments Add Comment

संविधान संशोधनमा बाबुराम र उपेन्द्रबीच ‘मोर्चाबन्दी’

baburam-and-upendra१३ मंसिर, काठमाडौं । संविधान संशोधनलाई लिएर नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमबीच ‘मोर्चाबन्दी’ भएको छ ।

नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादवले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै संशोधनले सम्बोधन गर्नु पर्ने मुद्धाहरु अघि सारेका छन् ।

संशोधनले राष्ट्रिय पहिचानको मान्यता, अधिकार सहितको संघीयता, पूर्ण समानुपातिक प्रतिनिधित्व हुने संसद, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, प्रादेशिक अधिकार क्षेत्रभित्र स्थानीय तह र विशेष संरचना रहने व्यवस्था लगायतलाई सम्बोधन गर्नु पर्ने दुबै नेताले बताएका छन् ।

नयाँ शक्ति र संघीय समाजवादी फोरमले राष्ट्रिय मुद्धालाई सम्बोधन नगरी हुने संशोधनमा समस्या समाधान नहुनुका साथै संविधानको स्वीकारोक्ति र कार्यान्वयन हुन नसक्ने बताएका छन् । यसले शान्ति, स्थिरता र विकासको सट्टा मुलुकलाई थप द्वन्द्व, अन्यौलता र अस्थिरतातर्फ धकेल्ने कार्य गछ, यसर्थ राष्ट्रिय समस्याहरुका ठोस समाधान हुने गरी संविधान संशोधन गरिनुपर्छ भन्ने हाम्रो धारणा छ, विज्ञप्तिमा भनिएको छ ।baburam-upendra

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment