Comments Add Comment

फ्रेस फेसः ‘मेरो त ३ बर्ष मै लभ परेको’: श्रद्धा प्रसाई(भिडियो कुराकानी)

shradha-prasai-hot-23
नेपाली चलचित्र क्षेत्रमा अहिले नयाँ-नयाँ नायिकाहरुको आगमन भैरहेको छ । हरेक चलचित्रमा, नयाँ नायिका नै अनुवन्धित भएको समाचार आइरहन्छन् ।
यहि भिडमा नव-नायिका श्रद्धा प्रसाई पनि प्रतिस्पर्धा गर्न आइपुगेकी छिन् । हुनत, उनले काम गर्ने भनेर संझौता गरेको पहिलो चलचित्र ‘रोमियो’ हो । तर, यो चलचित्रमा उनलाई दर्शकले देख्न पाउने छैनन् । श्रद्धाले पहिलो चलचित्रको रुपमा ‘दर्पणछाया २’मा काम गरेकी छिन् ।

उनले ‘रोमियो’मा काम नगर्नुको कारण व्यक्तिगत भएको बताइन् । अभिनय आफूलाई निकै मनपर्ने भएकाले पनि यो क्षेत्रमा आएको उनले सुनाइन् । अनलाइनखबरको ‘फ्रेस फेस’ अन्र्तगत कुराकानी गर्ने क्रममा श्रद्धाले भनिन्-‘म स्कुलमा हुँदा पनि नाटकमा काम गर्थेँ । सेलेक्शन भइनँ भने पनि म पटक-पटक अडिशन दिन्थेँ ।’

श्रद्धासँग गरिएको रमाइलो भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्ः


आफू ‘ल’ को विद्यार्थी भएकाले पनि आँखा चिम्लिएर चलचित्र क्षेत्रमै काम गर्छु भनेर नआएको उनले सुनाइन् । आफ्ना लागि अभिनय प्यासन भएको भन्दै उनले दर्शकले माया गरेको खण्डमा करिअर नै बन्न सक्ने बताइन् ।

श्रद्धाले आफूलाई च्यालेञ्जिङ भूमिकामा काम गर्न मन लाग्ने बताइन् । ‘कसैले मलाई नायिका भन्दा पनि कलाकारको रुपमा काम गराएको खण्डमा म बढी खुशी हुन्छु’ श्रद्धाले भनिन् ।

आफूलाई अभिनय मनपर्ने भएकाले पनि अगाडि जान्छु भन्ने लागेको यी नायिकाको भनाई छ । ‘प्रेमगीत २’ बाट अफर आएकाले तपाइले ‘रोमियो’ छाड्नु भएको हो भन्ने प्रश्नमा उनले होइन भनिन् । आफूलाई ‘प्रेमगीत २’बाट अफर नै नआएको उनको भनाई थियो ।

‘दर्पणछाया २’मा आफू बोल्ड भूमिकामा देखिने भन्दै उनले सुटिङमा पुग्दा आफूलाई सुटिङ जस्तै नलागेको अनुभव सुनाइन् । चलचित्र क्षेत्रमा नयाँ नायिका आएका छन्, प्रतिस्पर्धा कत्तीको छ भन्ने प्रश्नमा श्रद्धाले भनिन्-‘नयाँ आउने नायिकाहरुमा पनि प्रतिभा धेरै छ । तर, ममा पनि प्यासन छ । हेरौ, म कहाँसम्म पुग्छु ।’

प्रेमको बिषयमा भने यी नायिकाले रोचक जवाफ दिइन् । आफू अहिले प्रेममा नरहेको सुनाउँदै उनले भनिन्-‘मेरो त ३ बर्षदेखि नै लभ परेको । साहरुख खानसँग ।’
नेपाली चलचित्रमा नायक राजेश हमालसँग काम गर्न चाहने श्रद्धाले आफ्नो क्रस भने नायक कर्मासँग भएको खुलाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment