Comments Add Comment

ट्रम्पको विजयले नेपाललाई असर गर्दैनः अमेरिकी राजदूत

prachanda-tepsi-american-ambasdor२० मंसिर, काठमाडौं । प्रधानमन्त्री प्रचण्ड र नेपालका लागि अमेरिकी राजदूत अलाइना टेप्लिसबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार विहान भएको भेटमा नेपालको समसामयिक राजनीतिक परिस्थिति र संक्रमणकालीन न्याय र यसको व्यवस्थापनबारे छलफल भएको छ ।

भेटमा प्रधानमन्त्री प्रचण्डले सबैसँग सहमति जुटाएर संविधान कार्यान्वर्यन गर्न सरकार लागेको बताए । नेपालको शान्ति प्रक्रिया र द्वन्द्व व्यवस्थापन मौलिक रहेको भन्दै उनले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगको प्रतिवेदनका आधारमा संक्रमणकालीन न्यायको व्यवस्थापन गरिने बताएका छन् ।

भेटमा प्रधानमन्त्री प्रचण्डले अमेरिकी राष्ट्रपति चुनाव र त्यहाँ रहेका नेपालीहरुको भविश्यबारे चासो राखेको उनको निजी सचिवालयले जनाएको छ ।

जवाफमा अमेरिकी राजदूत टेप्लिसले अमेरिकी राष्ट्रपति चुनावको परिणामले नेपाल र नेपालीलाई कुनै असर नगर्ने बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment