Comments Add Comment

प्रचण्ड कम्युनिष्ट होइनन् ‘कमाउनिष्ट’ हुन्ः उपेन्द्र यादव

upendra-yadav

२० मंसिर, बारा । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनको अपूरो प्रस्तावको स्वागत गर्न नसकिने बताएका छन् ।

मधेसी जनताले मधेसको भूमी मधेसमै राख्नुपर्ने माग गरिरहेकाले सरकारद्वारा पेस गरिएको संशोधन प्रस्तावमा नै धेरै संशोधन आवश्यक रहेको यादवको धारणा छ ।

फोरम बारा जिल्ला कमिटीले गंजभवानीपुरमा गरेको कार्यक्रममा बोल्दै यादवले पूर्ण मधेशमा दुई प्रदेश र पुर्ण समानुपातिक समावेशीताको ग्यारेन्टी नभएसम्म संविधान अधुरो रहेका दावी गरे ।

यादवले भने ‘हामीलाई नियतवस दुईसय वर्षदेखि पछाडि पारिएको छ, नयाँ संबिधानमा समेत त्यही बिभेदलाई निरन्तरता दिइएको छ ।’

सरकारले मधेसी मोर्चासँग छलफल नगरी संशोधन बिधयेक संसदमा दर्ता गरेको आरोप लगाउँदै यादवले भने, ‘प्रचण्डलाई हामीले मधेसको अधिकार सुनिश्चित गर्नका लागिसमर्थन गरेका हौं, तर उनले फेरि धोका दिए र मनमौजी बिधेयक ल्याए ।’

प्रधानमन्त्री प्रचण्डको कम्युनिजम प्रति ब्यंग्य गर्दै यादवले उनलाई ‘कम्युनिष्ट’ नभई ‘कमाउनिष्ट’ भएको संज्ञा दिए ।

बुटवलमा नेकपा एमालेले गरिरहेको संबिधान संसोधन बिधेयकको बिरोधप्रति आक्रमक रुपमा प्रस्तुत भएका यादवले त्यसलाई महेन्द्रवादी चरित्रको संज्ञा दिए । ‘दुनियामा कहिपनि अधिकार नदिन भनि आन्दोलन भएको सुनिएको थिएन, तर एमालेले आज त्यो पनि देखाइदियो ।’

संजय तिवारीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment