Comments Add Comment

ओलीले राजनीतिक बेइमानी गरेः निधि

Bimalendra-Nidhi२२ मंसिर, चितवन । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले नेकपा एमालेका अध्यक्ष केपी ओलीले संविधान संशोधन हुन दिन्नौं भन्नु राजनैतिक वेइमानी भएको वताएका छन् ।

नेपाल प्रेस युनियन चितवनले आज भरतपुरमा गरेको पत्रकार सम्मेलनका निधिले ओलीको राजनीतिक अपरिपक्कताका कारण समस्या देखिएको वताए ।

केपी ओली आफैले हस्ताक्षर गरेर सुरु भएको संविधान संशोधनको प्रस्ताव अहिले आएर राष्ट्रघाती भयो भन्नु राजनैतिक वेइमानी भएको निधिको भनाइ थियो । उपप्रधानमन्त्री निधिले केपी ओलीले हस्ताक्षर गर्दा राष्ट्रघात नहुने तर अहिले राष्ट्रघात भयो भन्नु गलत भएको बताए ।

संविधान संशोधनको प्रस्ताव नेपाली कांगेसको आधिकारिक प्रस्ताव भएको र वहुमतले पारित हुने निधिको दाबी छ । प्रस्ताव टेवल भइसेकपछि ७२ घण्टाको समय परिमार्जन हाल्नका लागि दिइने भएकोले परिमार्जन चाहनेहरुले संसदमार्फत नै परिमार्जन गर्नसक्ने व्यवस्था रहेको निधिले बताए  । अहिले भइरहेको आन्दोलनको कुनै औचित्य नभएको निधिको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment