+
+

नातिकाजीको स्मृतिमा सम्मान र पुरस्कारको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष ४ गते १५:२४

natikaji-samman

नातिकाजी स्मृति समाजको आयोजनामा संगीत महर्षी नाजिकाजी श्रेष्ठको ९२ औ स्मृति दिवसको आयोजना गरिएको छ । यस्तै, सोहि अवसरमा पुरस्कार घोषणा पनि गरिएको छ । कार्यक्रममा संगीतकार शम्भुजित बास्कोटा, गीतकार किरण खरेल लगायतका नातिकाजीको बिषयमा चर्चा गरेका थिए ।

कार्यक्रममा संगीतकार दीपक जंगम, प्राज्ञ उन्नति बोहरा शीला, हिरण्य भोजपुरे, नेपाल नाट्य तथा सङ्गीत प्रज्ञाप्रतिष्ठानका कुलपति भक्तबहादुर श्रेष्ठ (सरुभक्त), गीतकार विश्वम्भर प्याकुरेल, गीतकार विश्व वल्लभ, गीतकार राजेन्द्र थापा लगायतको उपस्थिती थियो । सो अवसरमा नातिकाजी सम्मान तथा पुरस्कारको पनि घोषण गरिएको छ ।

‘नातिकाजी राष्ट्रिय विशिष्ट श्रष्टा सम्मान’बाट भजन शिरोमणि भक्तराज आचार्यलाई सम्मानित गर्ने आयोजकले बताएको छ । यस्तै, ‘नातिकाजी राष्ट्रिय विशेष सम्मान’बाट सङ्गीतकार कल्याण रिमाल, गायिका उर्मिला श्रेष्ठ, गायक दीपक खरेल, सीतारवादक डा.ध्रुवेशचन्द्र रेग्मी, गायक आनन्द कार्कीलाई सम्मानित गरिनेछ ।

‘नातिकाजी राष्ट्रिय संगीत पुरस्कार’बाट शब्दतर्फ गीतकार रमण घिमिरे, संगीतर्फबाट टीका भण्डारी र गायनतर्फ गायिका देविका बन्दना र गायक रामकृष्ण ढकाललाई पुरस्कृत गरिनेछ । ‘नातिकाजी राष्ट्रिय संगीत संयोजन पुरस्कार’बाट अमुल कार्की ‘ढली’लाई प्रदान गरिनेछ । ‘नातिकाजी राष्ट्रिय संगीत प्रतिभा पुरस्कार’बाट संगीतकार आलोकश्रीलाई सम्मानित गरिनेछ । नेपाली संगीतको विकासमा योगदान पुर्‍याएको भन्दै सम्मान तथा पुरस्कार प्रदान गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?