Comments Add Comment

चन्द्रागिरी केबलकार चढ्नेका लागि काठमाडौंबाट निःशुल्क बस सेवा (रुटसहित)

chandragriri-1
१७ पुस, काठमाडौं । चन्द्रागिरी जाने यात्रुहरुका लागि काठमाडौंबाट निःशुल्क बस सेवा सुरु भएको छ । चन्द्रागिरी हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइतबार थानकोटस्थित बेस स्टेशन परिसरमा निशुल्क बस सेवाको शुभारम्भ गरे ।

निःशुल्क बस सेवाको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले भालेश्वर महादेवको दर्शन गर्न आउने दर्शानार्थी तथा चन्द्रागिरी घुम्न आउने पर्यटकहरुलाई थप सहज हुने बताए ।

कार्यक्रममा कम्पनीका सञ्चालक अम्बिकाप्रसाद पौडेलले चन्द्रागिरी क्षेत्रको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्वको बारेमा प्रकाश पारे ।

chandragriri-2
कम्पनीले चन्द्रागिरी केबलकार चढेर भालेश्वर महादेवको दर्शन गर्न आउने दर्शानार्थी तथा घुम्न आउने पर्यटकहरुको लागि अशोक ले-लेण्डको ४२ सीट क्षमताको बस सेवाको व्यवस्था गरेको छ ।

बसहरु प्रत्येक दिन बिहान साढे सात बजे काठमाडौंको महाराजगञ्ज र कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटबाट लाग्ने छन् ।

महाराजगञ्ज भाटभटेनीबाट छुट्ने बस नयाँ बषपार्क, बालाजु भाटभटेनी, स्वयम्भू, कलंकी हुँदै चन्द्रागिरी केबलकार पुग्ने छ भने कोटेश्वर भाटभटेनीबाट छुट्ने बस बालकुमारी, ग्वार्को, सातदोबाटो, एकान्तकुना, बल्खु, कलंकी हुँदै चन्द्रागिरी केबलकार पुग्नेछ । यि बसहरु सोही रुटबाट हुँदै र्फकनेछन् ।

काठमाडौंको दक्षिण-पश्चिममा अवस्थित चन्द्रागिरी डाँडा धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिन्छ । नेपालको आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्ने एवं बाहृय पर्यटकहरुको नेपाल बसाईलाई एकदिन लम्ब्याउने उद्देश्यले डाँडामा चन्द्रागिरी हिल्स लिमिटेडको स्थापना भएको हो ।

समुन्द्री सतहबाट करिव १,५०० मिटरको उचाईंमा रहेको चन्द्रागिरी फेदीबाट केबलकार चढेर २,५५१ मिटरको उचाईंमा अवस्थित ‘भालेश्वर महादेव’ को दर्शन गर्न सकिन्छ ।

chndragiri-bus
म्यानुअल बालउद्यान, भ्यु टावर, रेष्टुरेन्टर, बहुउद्देश्यीय हलसहित निर्माण गरिएको चन्द्रागिरी डाँडाबाट राजधानी सहर, सगरमाथादेखि पश्चिममा काञ्जिरोवाहिमाल एवं अन्य हिमश्रृंखला सहित सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, गोरखा, तनहुँ, मकवानपुर, चितवनका पहाडी क्षेत्रसमेत देख्न सकिन्छ ।

चन्ऽागिरी डाँडाको दक्षिणी भेगका टिस्टुङ, फाखेल, चित्लाङका रमणीय गाउँहरू स्पष्टरुपमा नियाल्न सकिन्छ । अपांङ्गमैत्री भौतिक संरचना यसको अर्को विशेषता हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment