Comments Add Comment

फ्रेस फेसः महिलालाई आफ्नो शरीरको सबै अगं बबाल नै लाग्छः आशिका(भिडियो कुराकानी)

aashika
चलचित्र ‘सुश्री’मा नायिकाको भूमिका निर्वाहा गरेपछि जर्मनीमा बस्दै आएकी आशिका तामाङलाई दर्शकले नजिकबाट चिन्ने मौका पाए । हुनत, यो चलचित्रले बक्स अफिसमा कुनै कमाल गरेन । तर, आशिकाले चलचित्रबाट धेरै कुरा सिक्ने मौका पाइन् ।

जर्मनीमा नर्स पेशा अपनाउँदै आएकी आशिका समय-समयमा नेपाल आउँछिन् र समाजसेवा पनि गर्छिन् । आफूलाई कला क्षेत्र र समाजसेवामा रुची भएको उनको भनाई छ ।

आशिकासँग गरिएको भिडियो कुराकानी यहाँ हेर्नुहोस्ः

‘सुश्री’मा काम गरेपछि आफूलाई अभिनयको निकै कम ज्ञान भएको उनले वुझिन् । यसपछि, आशिकाले दोश्रो चलचित्रमा काम गर्न हतार गरेकी छैनन् । चलचित्रमा काम गर्नु अगाडिसम्म उनलाई आफूमा अभिनयको खानी नै भएको जस्तो लाग्थ्यो । तर, चलचित्र रिलिज भएपछि उनी सपनाबाट ब्यूझिइन् ।

उनलाई नेपाली चलचित्रलाई विश्व बजारमा पुर्‍याउने खालका चलचित्रमा काम गर्न मन छ । यसका लागि आफूले तयारी गरेको उनको भनाई छ । आशिका आफूलाई आफू नराम्री लाग्ने बताउँछिन् ।

अनलाइनखबरको ‘फ्रेस फेस’ स्तम्भमा रहेर कुरा गर्ने क्रममा यी सुन्दरीले नलुकाइ धेरै कुरा स्पष्ट भनिन् । उनले आफू १० प्रतिशत मात्र राम्री रहेको बताइन् । तपाइको अनुहारको कुन अंग राम्रो छ भन्दा, उनले कुनै पनि छैन भनिन् । तर, आफ्नो मुस्कान केहि हदसम्म राम्रो भएको उनको तर्क छ ।

नेपाली चलचित्रका सबै कलाकारसँग काम गर्न मन लागेको सुनाउने यी सुन्दरी आफू नायिका भन्दा पनि कलाकार बन्न चाहेको बताउँछिन् । तपाइको शरीरको कुन अंग राम्रो छ भन्ने प्रश्नमा उनले भनिन्-‘हुनत, सबै महिलालाई आफ्नो अंग बबाल नै लाग्छ । तर, मलाई मेरो शरीर मन पर्दैन ।’
फेसबुकमा ‘आइ लभ यू’ भन्ने धेरै भएपनि आफूलाई कुनै जवाफ नदिने गरेको उनको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment