२१ पुस, काठमाडौं । विहीबार विमानस्थलमा फला परेको ३४ किलो सुनका गहानाका प्रत्येक पाताहरुमा कालो टेप बेरिएका थिए । बोतल वा अन्य भाँडोमा राखिएको सुनमा पनि कालो टेप र प्लाष्टिक प्रयोग गरिएको थियो । आखिर सुन तस्करले किन यसरी सुनमा टेप लगाएका होलान् ? यसको रहस्य रहेछ- मान्छेलाई भन्दा पनि मेसिनलाई झुक्याउने ।
कालो प्लाष्टिकको टेपमात्रै होइन, फलामको भाँडोभित्र राखिएको सुनसँगै तस्करहरुले कार्बन पनि राखेका रहेछन् ।
विमानस्थलमा सुरक्षा जाँच गर्दा लगेजभित्रका सामानहरु एक्स रे मेसिनद्वारा जाँच गर्ने गरिन्छ । त्यसरी मेसिनले जाँच गर्दा सुन लगायतका धातुहरु रहे, नरहेको पत्ता लाग्छ ।
तर, कालो टेपले बेरेर राखिएका सामानहरु एक्स रे मेसिनले पत्तो लगाउन मुस्किल पर्ने भएकाले तस्करहरुले सुनको प्रत्येक पातोमा कालो टेप बेरेर लगेजमा हालेको प्रहरीको भनाइ छ ।
भनिन्छ, अनुसन्धान प्रक्रिया जति वैज्ञानिक हुन्छ, अपराधीहरुले पनि नयाँ नयाँ प्रविधि अपनाएर अपराध गर्ने गर्छन् ।
विहीबार फेला परेको लगेजभित्र सुन राखिएको फलामको भाँडोमा सुनसँगै कार्बनसमेत राखिएको थियो । त्यसरी धातुसँगै कार्बन राखेपछि एक्स रे मेसिन झुक्किने र सुन पत्तो लाग्न नसक्ने भएकाले तस्करहरुले यस्तो विधि प्रयोग गरेको प्रहरीको विश्लेषण छ ।
नेपाली प्रहरीअन्तरगत सीआईबी ब्युरोकी एसपी मीरा चौधरीले कार्बन र कालो टेप प्रयोग गरेपछि एक्स रे मेसिनले नदेखाउने भएकाले तस्करले यो शैली अपनाएका हुन् ।
प्रतिक्रिया 4