+
+
Shares

लक्ष्मी परियार प्रकरणमा तीनजनालाई थुनामा राख्न आदेश

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष २२ गते १३:५१

२२ पुस, बनेपा । काभ्रेपलाञ्चोकको सानोबाङ्थली गाविसकी लक्ष्मी परियार मृत्यु प्रकरणमा पक्राउ परेका तीन जनालाई पूर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालतले आदेश दिएको छ ।

laxmi-pariyar-kavreन्यायाधीश चेतनाथ ढकालको इजलासले थुनछेक बहसका क्रममा सो आदेश दिएको अदालतले जनाएको छ ।  सो प्रकरणमा पक्राउ परेका सूर्योदय निम्नमाध्यमिक विद्यालयका शिक्षक हिरा लामा, उनकी आमा काइली तामाङ, मृतककी श्रीमान् मिलन परियारलाई थुनामा राख्न आदेश दिइएको हो ।

गत मङसिर २० गते लक्ष्मी परियारको कुटपिटबाट मृत्यु भएको भन्दै प्रहरीले अदालतमा मुद्दा दर्ता गरेको थियो । उनीहरुविरुद्ध विभिन्न ऐनअनुसार १८ वर्ष कैद दावी गरिएको छ ।

रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?