Comments Add Comment

कांग्रेस र माओवादी संविधान समाप्त पार्न लागेः नेम्वाङ

subash nemwang_2

२२ पुस, विराटनगर । पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले नेपाली काग्रेस र माओवादी केन्द्र संविधान समाप्त पार्ने खेलमा लागेको आरोप लगाएका छन् । संविधान संशोधन गर्ने वहानामा मधेसी मोर्चासँग मिलेर सत्ता पक्षले संविधान समाप्त पार्ने खेलमा लागेको उनको आरोप छ ।

विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै एमाले संसदीय दलका उपनेता नेम्वाङले संविधान संशोधनको औचित्य पुष्टि समेत गर्न नसक्नु र निर्वाचनको तयारीमा समेत नजुटनुले सत्तारुढ दलहरु नै संविधान नै समाप्त पार्ने खेलको संकेत मिलेको बताए । ०७४ माघसम्म तीनै तहको निर्वाचन गनुपर्ने संवैधानिक बाध्यता भएपनि त्यसअनुरुप सरकार अगाडि नवढेको नेम्वाङको आरोप छ ।

उनले संसाद बैठक २४ गते वस्ने भएपनि सत्ता पक्षले अहिलेसम्म आफुहरुसँग कुनै सम्वाद समेत नगरेको बताए । ‘संविधान संशोधनका विषयमा छलफल गर्ने भन्दै संसद वैठक स्थगित गरिएको छ । तर, कांग्रेस र माओवादीले अहिलेसम्म कुनै छलफल समेत नहुनुलाई शंकाको घेरामा राख्न सकिन्छ, नेता नेम्वाङले भने ।

आगामी २४ गते संसदको अवरोध हट्ने तर, संविधान संशोधन विधेयक टेबल गरिएको खण्डमा खुलेर शशक्त प्रतिकार गर्ने उनले बताए । त्यस बेला जस्तो परिस्थिसत सृजना हुन्छ, त्यसको जवाफ उस्तै स्थितिमा दिने अवस्थामा हामी छौं, नेता नेम्वाङले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment