Comments Add Comment

केपी ओली भन्छन्- लोकमान ‘ग्राउण्ड जीरो’मा पुगे, गलत कामको छानविन हुनुपर्छ

'केही दिनभित्रै सहमति हुन्छ, मुलुकले निकास पाउँछ'

kp-sharma-oli-biratnagar

२५ पुस, बिराटनगर । एमाले अध्यक्ष केपी ओलीले लोकमानसिंह कार्की ‘ग्राउण्ड जीरो’मा पुगेको बताएका छन् । अब लोकमानले गरेका गलत कामहरुको पनि राजनीतिक र कानूनी पाटो हेर्नुपर्ने भन्दै ओलीले लोकमानमाथि छानविन गरिनुपर्ने संकेत गरे ।

नेकपा एमालेको मोरङ जिल्ला अधिवेशन उदघाटन गर्न सोमबार बिराटनगर पुगेका ओलीले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै लोकमानका गलत कामबारे छानविन गर्नुपर्ने संकेत गरेका हुन् ।

ओलीले भने, ‘गलत मान्छे नियुक्ति भएको भन्दै सर्वोच्च अदालतले उनलाई अख्तियार प्रमुखबाट हटाउने फैसला गरेपछि उनी ग्राउण्ड जिरोमा पुगेका छन् । अब गलत मान्छेले गरेको गलत कामको पनि राजनीतिक र कानुनी पाटो हेरिनु आवश्यक छ ।’

‘केही दिनभित्रै मुलुकले निकास पाउँछ’

प्रमुख प्रतिपक्षी दलका नेता ओलीले अहिले जारी राजनीतिक गतिरोध केही दिनभित्रै समाधान हुने उदघोषसमेत गरे । उनले भने, ‘गतिरोध छिट्टै समाधान हुन्छ, त्यसका लागि २/४ दिन कुरौं, सबैले देख्ने गरी मुलुकले निकास पाउनेछ ।’

ओलीले जारी गतिरोध अन्त्यका लागि संसदको आफ्नै प्रकृया हुने भन्दै केही दिनभित्रै त्यसलाई टुंग्याइने बताए । ‘दलीय स्वार्थलाई राष्ट्रिय स्वार्थभन्दा माथि राखेर अगाडि बढ्न सकेको खण्डमा सहमति हुन्छ र मुलुकले निकास पाउँछ,’ उनले भने ।

एमाले अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचन जसरी पनि गर्नुपर्ने बताए । मधेसी दलले संविधान संशोधन नभएसम्म चुनाव हुन नदिने बताइरहेका बेला उनले कसैले जिद्धी र अहंकारको कुरा गर्दैमा चुनाव नरोकिने दाबी गरे ।

‘सरकारले कुरो बुझेन’

अध्यक्ष ओलीले देशले चाँडै निकास पाउँछ भने पनि संसदमा आइतबार टेवल भएको संविधान संशोधन विधेयक संसदीय प्रक्रियामा प्रवेश गर्न नदिने दोहोर्‍याए ।

टेबल गरिएको संशोधन विधयेक पास गराउने प्रक्रियामा प्रवेश गर्न बाँकी रहेकाले यसलाई प्रक्रियामा प्रवेश गराउने कि नगराउने भन्ने बारेमा गम्भीर छलफलको आवश्यकता रहेको उनले बताए ।

संविधान संशोधनले संवैधानिक व्यवस्था र भोलि गएर पर्ने त्यसको असरका बारेमा सरकारलाई प्रतिपक्षले बुझाएको अवस्थामा प्रस्ताव फिर्ता लिनुको सट्टा जबर्जस्ती टेवल गराउनुले सरकारमा रहेकाहरुसँग यसबारेमा बुझ्न सक्ने ल्याकत नरहेको ओलीको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment