+
+
Shares

ट्याक्टर दुर्घटनामा २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७३ पुष २६ गते १४:२९

२६ पुस, रौतहट । रौतहटको पिपरा भलोहीयामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

accidentभलोहीयाबाट धर्मपुर जाँदै गरेको ना २ त ८४१२ नम्बरको ट्याक्टर भलोहीया ३ करबोल भन्ने ठाउँमा पल्टिँदा भलोहिया गाविस-२ का १९ वर्षीय दिलिप महतो र गंगा पिपरा गाविस वडा नम्बर १ का ३० वर्षीय देवेन्द्र तिवारीको घटनास्थलमा मृत्यु भएको हो ।

मंगलवार विहान करिब साढे सात बजेको समयमा गिट्टी लोड गरेको ट्याक्टर पल्टिएको थियो । क्षमता भन्दा बढी गिट्टी लोड गरेकाले अनिन्त्रित भएर ट्याक्टर दुर्घटना भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?