नेपाली चलचित्र क्षेत्रमा नायिका केकी अधिकारीले छुट्टै स्थान बनाएकी छिन् । केकीको अभिनयको फ्यान त धेरै छन् नै, उनको सुन्दरताको बर्णन गर्नेहरु पनि धेरै भेटिन्छन् ।
केकीको एक्सप्रेसनले पनि धेरैलाई मोहित बनाएको पाइन्छ । अनलाइनखबरको फोटोसुटमा केकीको सुन्दरता झनै झल्किएको छ । अभिनयमै लागेर चलचित्र क्षेत्रमा एउटा उचाई बनाउने दौडमा लागेकी केकीको सालिनता र शिष्टताले पनि उनलाई अझ लोकप्रिय बनाएको छ ।
उनी अभिनित चलचित्र ‘लभ सासा’ बिहिबारबाट देशभर रिलिज भएको छ । सफल चलचित्रको प्रतिक्षामा रहेकी केकी प्रेमको कथाबाट धेरै नै आशावादी देखिएकी छिन् ।
केकीसँग गरिएको मस्ती टकको भिडियो यहाँ हेर्नुहोस्ः
तस्बिरः श्रीधर पौडेल
ड्रेसः उत्तम बनेपाली
श्रृङ्गारः अम्बु रुचाल
लोकेशनः नर्लिङ रिसोर्ट