Comments Add Comment

न्यायाधीशमा नातावादः मन्त्रीज्यूका भतिजादेखि फुपूका छोरासम्म !

न्याय परिषदबाट साला-भिनाजु नै न्यायमूर्तिमा बने

judge-ka-natedar

२९ पुस, काठमाडौं । विशेष गरी कानुन व्यवसायीहरुबाट नियुक्त हुने न्यायाधीशहरुमा सत्तारुढ दलहरुले भागबण्डा गरेका छन् । सबैभन्दा धेरै कांग्रेसका वकिल परेका छन् । दोस्रोमा एमालेका वकिल छन् भने माओवादीले पनि पहिलोपटक ठूलै संख्यामा आफ्ना कार्यकर्तालाई न्यायाधीश बनाएको छ ।

प्रधानन्यायाधीश सुशीला कार्कीले सन्तुलन मिलाउनका लागि केही एमालेनिकट वकिललाई न्यायाधीश बनाइदिएकी छन् । न्यायाधीश नियुक्तिको टुंगो लगाउने क्रममा कांग्रेस नेता लेखकले आफ्ना फूपूका छोरालाई समेत न्यायाधीश बनाएका छन् ।

पर्यटनमन्त्री जीवनबहादुर शाहीका भाइ पनि न्यायाधीश बनेका छन् ।

त्यस्तै गृहमन्त्री विमलेन्द्र निधीले पनि आफ्नो भतिजोलाई न्यायाधीश बनाउन सफल भएका छन् । न्यायपरिषद सदस्य पदम वैदिकले आफ्नै ल र्फमका सहयोगीलाई न्यायाधीश बनाएका छन् ।

कानुन व्यवसायीबाट नियुक्त भएका मध्ये सुदर्शन देव भट्ट रमेश लेखकका फुपूका छोरा हुन् । त्यस्तै मुनिन्द्र अवस्थी कांग्रेस सभापति शेरबहादुर देउवाका पूर्व पीए हुन् । रमेशकुमार निधीचाहिँ बिमलेन्द्र निधीका भतिजा हुन् भने मदन पोखरेल न्याय परिषद सदस्य वैदिककै ल र्फम सहयोगी हुन् ।

त्यस्तै न्याय परिषदका सचिव कृष्ण गिरीले पनि आफ्नो हात जगन्नाथ गर्न सफल भएका छन् । उनी आफू पनि न्यायाधीश बन्न सफल भए भने आफ्नो सालो धु्रवराज नन्दलाई समेत न्यायाधीश बनाए ।

सर्वोच्च अदालतका न्यायाधीश जगदीश पौडेलका छोरा सुवास पौडेल पनि कानुन व्यवसायीको तर्फबाट न्यायाधीश बनेका छन् ।

विगतमा हत्या गरिएका र अदालतबाटै अन्याय भोगेका स्व. न्यायाधीश रणबहादुर बमका छोरा दीपेन्द्रबहादुर बम पनि उच्च अदालतको न्यायाधीश बनेका छन् ।

यो पनि पढ्नुस्

छापामार शैलीमा यसरी छानिए ८० न्यायाधीश

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment