Comments Add Comment

अर्थमन्त्री महरा भन्छन्ः सुन तस्करीमा म त भुरा माछा हुँ

Krishna bahadur mahara१ माघ काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले सुन तस्करीमा ठूला माछाहरु रहेको र आफूहरुचाहिँ भुरामात्रै भएको बताएका छन्।

‘केही दिनअघिको सुन तस्करीबारे कुरा आ’छ, सुन्नभा होला’  महराले भने, ‘मेरो नामै सुन तस्करीमा जोडेर आछ। जुन सुन तस्करी अहिले मैले सबै डिटेलमा भन्न चाहदिनँ, धेरै ठूला माछाहरु छन् यसमा। त्यो समय क्रममा बाहिर आउँछ। हामी त भुरेभारेमात्र हौं।’ आजको अन्नपूर्ण पेस्ट् दैनिकमा समाचार छ ।

तस्करी गरी ल्याइएको १५ करोड रुपैयाँ मूल्यको ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुस २१ गते भेटिएको थियो। सुनका भरिया गोपाल शाहीसहित उक्त सुन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएको थियो। शाहीले यसअघिसमेत गरी १ सय किलो सुन अवैध रुपमा भित्र्याएको बयान प्रहरीलाई दिइसकेका छन्।

संगठित अपराध र त्यस्तो अपराधको आर्जन तथा सम्पत्ति शुद्धीकरणबारे अर्थ मन्त्रालयले शुक्रबार पोखरामा आयोजित अन्तक्रियामा अर्थमन्त्री महराले उक्त प्रसंग उप्काएका हुन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment