+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

झापामा मापदण्ड विपरीत नदीजन्य पदार्थ उत्खनन, स्थानीय आक्रोशित

रासस रासस
२०७३ माघ ६ गते १६:०२

६ माघ, भद्रपुर । झापाको विरिङ नदीमा ठेकेदारले नदीजन्य पदार्थ मापदण्ड विपरीत उत्खनन गरेपछि स्थानीय जनता आक्रोशित बनेका छन् ।

dhunga-gittiठेकेदारको लापर्बाहीले गर्दा अहिलेको समयमा सो नदीबाट नेपाल पैनी, विर्ता विरिङ मूल पैनी, हात्ती किलाजस्ता पैनीबाट स्थानीय कृषकले आ–आफ्ना बालीमा सिञ्चित गर्ने गरेका थिए ।

करिब रु तीन करोड ६० लाखमा सामहाङ विल्डर्स दमकले सो क्षेत्रमा एक मिटर गहिराइ, ४५ मिटर चौडाइका नदीजन्य पदार्थ १.६ किलो मिटर भित्रका मात्र निकाल्ने गरी जिल्ला विकास समितिसँग ठेक्का लिए पनि विल्डर्सले तोकिएको मापदण्ड बाहिर गएर करिब ७० मिटर चौडाइ र आठ फिट गहिराइ गरेर ढुङ्गा, गिटी र बालुवा झिक्ने काम गरेपछि स्थानीय जनता आक्रोशित बनेका छन् ।

ठेकेदारले ६७ हजार ५०० घन मिटर गिटी, बालुवा र ढुङ्गा मात्र झिक्ने गरी लिएको ठेक्कामा यसको तीन गुणा नदीजन्य पदार्थ निकालेकाले समस्या भएको अनुगमन टोलीको ठहर छ ।

यसअघि स्थानीय जनताले विगतदेखि नै ठेकेदारको लापर्बाहीका बारेमा जिविसलाई गुनासो गर्दा पनि सम्बन्धित निकायले ध्यान नदिएपछि ठेकेदार र जिविसको नेतृत्वमा गएको अनुगमन टोलीलाई धपाएका थिए ।

स्थिति तनाव भएपछि आज पुनः सो स्थानमा गएका अनुगमन टोलीले ठेकेदारको लापर्बाही छताछुल्ल भएको र स्थानीय जनतालाई अब उप्रान्त यस्तो अन्याय हुन नदिने भनेपछि स्थिति सामान्य भएको हो ।

सो सम्बन्धमा अनुगमन टोलीमा रहेका राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका भूगर्भ शास्त्री उज्ज्वल रघुवंशीले ठेकेदारले लार्पबाही गरेको र यसबाट प्राकृतिक सम्पदा, चुरे संरक्षणमा पनि समस्या हुने बताए ।

बुधबारे र खुदुनाबारी क्षेत्रमा करिब दुई हजार हेक्टर जग्गामा सिँचाइ भइरहेको सो नदीको अनधिकृत उत्खननले यो क्षेत्रमा खडेरी अनुभव भइरहेको, नदी किनारमा रहेका बाँस, बोटबिरुवा पनि सुक्न थालेकोे विर्ता मूल पैनीका कोषाध्यक्ष दिवा सापकोटाले बताइन् ।

यस्तै, स्थानीय दुर्गा कुइँकेल, राचन्द खतिवडा र हरिप्रसाद घिमिरेले सिँचाइका सहायाक बनेको विरिङ खोलामा भएको उत्खननले हामीलाई सुकुम्बासी र भोकमरीमा धकेल्न लागेकामा चिन्ता व्यक्त गरे ।

यस्तै, सो क्षेत्रमा एसियाली विकास बैंकको सहयोगमा निर्माण गर्ने भनिएको रु २६ करोड लागतको नहर नदीबाट यस्तै उत्खनन भइरह्यो भने यो योजना तुहिने भएकाले पनि जनताले यो योजनालाई बचाउन नदीको सुरक्षामा जुटेको देखिन्छ ।

सो सम्बन्धमा जिविसले ठेकेदारको लापर्बाही भएको जनाउँदै यसको निरन्तर नियमित रुपमा अनुगमन गर्ने बताएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?