+
+
Shares

टिआरसी सकरको शिल्ड कसले जित्ला ?

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ १२ गते १७:५१

trc-football-sydney

सिड्नी । तेस्रो एक्सपर्ट एजुकेसन ए साइड फुटबल प्रतियोगिता २०१७ अष्ट्रेलियाको सिड्नीमा आउँदो जनवरी २९ तारिक आइतबार हुने भएको छ । प्रतियोगिताबारे जानकारी दिन बुधबार आयोजित कार्यक्रममा जर्सी समेत सार्बजनिक गरिएको छ ।

तामाङ रिक्रियसनल क्लब (टिआरसी)ले आयोजना गर्ने प्रतियोगिता बिहान साढे आठ बजेबाट म्यारिकभिल हाइस्कुलको तीन फुटबल मैदानमा हुनेछ ।

फाइनल खेल पनि सोही दिन हुनेछ ।

टिआरसीका टिम म्यानेजर अनिल तामाङका अनुसार प्रतियोगितामा २४ टोलीका चार सयभन्दा बढी खेलाडीहरुले भाग लिनेछन् । खेल फिफाको नियम अनुसार नै खेलाइने छ ।

trc-football-sydney-2

सन् २०१५ देखि प्रतियोगिता सुरु भएको थियो । सन् २०१६ मा २० टोली सहभागी भएकामा यस वर्ष चार टोली थपिएर २४ पुगेका हुन् । १९ वटा सिड्नीबाट, चार वटा मेलवर्नबाट र एउटा क्यानवेराबाट टोली सहभागी हुनेछन् ।

म्याच कमिश्नर राजु मानन्धरले खेलाडीहरुबीच अनुशासन र भाइचारा बढाउन प्रतियोगिताले थप मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?