+
+
Shares

चलचित्र नपाएपछि तुनश्रीलाई डिप्रेशन

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ १३ गते ११:१६

tanu-shreee-dutta-new-change
बलिउड हेर्दामा जति चमकदार देखिन्छ, यसको भित्री पाटो उत्तिकै टिठ लाग्दो पनि छ । बलिउडमा प्रवेश गरेर नाम र दाम कमाएका वारेमा जति चर्चा हुन्छ सपना पूरा हुन नसकेपछि डिप्रेशनको शिकार भएकाहरुको वारेमा खास चर्चा हुन्न ।

कुनै समयकी बलिउडकी बोल्ड नायिका तनुश्री दत्त काम नपाएपछि कपाल मुण्डन गरेर योगा प्रशिक्षण दिइरहेकि छिन् । सन् २००३ मा ‘मिस इण्डिया’को उपाधी जितेपछि तनुश्रीले बलिउडमा करिअर सुरु गरेकि थिइन् । चर्चित नायिका बन्ने मोहले बलिउडमा प्रवेश गरेकि तनुश्रीले हिन्दी चलचित्र ‘चकलेट’ मा इमरान हास्मीसँग अभिनय गरिन् । अर्को चलचित्र ‘आशिक बनाया अपने’ मा पनि इमरानसँग बोल्ड भुमिकामा प्रस्तुत भएकी तनुश्रीले राम्रै चर्चा पाएकी थिइन् ।

अभिनय भन्दा पनि बोल्ड सिनले चर्चा पाएकी तनुश्रीले त्यसपछि ढोल र रिस्कमा काम गरिन्, तर दुबै चलचित्र चलेन । त्यसपछि पनि उनले केहि निर्मातासँग चलचित्रको लागि हारगुहार नगरेकि हैनन् । तर, कसैले पनि उनलाई पत्याएनन् । अन्तिममा उनलाई डिप्रेशन भयो । त्यसपछि केहि साथीहरुले उनलाई आध्यात्मिक हुन सुझाब दिए ।

अहिले अमेरिकामा रहेकि तनुश्री कपाल मुण्डन गरेर योगा प्रशिक्षण दिन्छिन् । उनले आफ्नो धर्म समेत परिवर्तन गरेकि छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?