Comments Add Comment

ट्रम्पले ल्याए भिसासम्वन्धी नयाँ विधेयक, हजारौं भारतीयसँगै नेपाली पनि प्रभावित हुने

१८ माघ, काठमाडौं । डोनाल्ड ट्रम्प सरकारले अमेरिकी संसदमा एच १-बी भिसासम्वन्धी नयाँ विधेयक पेश गरेका छन् ।

यदि यो विधेयक कानुन बन्यो भने १ लाख ३० हजार डलर बार्षिक कमाई हुनेले मात्र भिसा पाउनेछन् । हाल यो सीमा ६० हजार डलर मात्र छ ।

ट्रम्प सरकारको प्रस्ताव अनुसार नै कानुन बने ठूलो संख्यामा भारतीयसँगै नेपालीहरु समेत प्रभावित हुनेछन् ।

अमेरिकी तथ्यांकका अनुसार पछिल्लो वर्षहरुमा हरेक वर्ष एक हजार बढी नेपालीले एच १ बी भिसा पाउँदै आएका छन् ।

२०१० मा ९९१ नेपालीले यो भिसा पाएका थिए । त्यसयता हरेक वर्ष १ हजार बढीले पाएका छन् । २०१५ मा मात्र १२४४ नेपालीले यो भिसा पाएका थिए ।

भारतीयको संख्या धेरै ठूलो छ । २०१५ मा ५ लाख ३७ हजार ४५० ले एच१ बी भिसा पाएका छन्, जसमध्ये २ लाख ५३ हजार ३३७ जना भारतीय छन् ।

के हो एच१ बी भिसा ?

अमेरिकाले यस्ता विदेशीलाई एच१ बी भिसा जारी गर्छ, जो खास काममा दक्ष छ । यसका लागि खासगरी उच्च शिक्षा हासिल गरेको हुनुपर्छ ।

कम्पनीमा काम गर्नेहरुको तर्फबाट एच१ बी भिसाका लागि इमिग्रेसन विभागमा आवेदन दिइन्छ । जसको सुरुवात सन् १९९० मा तत्कालीन राष्ट्रपति जर्ज बुसले गरेका थिए ।

अमेरिकी कम्पनीहरु यस्तो भिसाको प्रयोग गरेर दक्ष जनशक्ति नियुक्त गर्न सक्छन् । यद्यपि अधिकतम भिसा आउटसोर्सिङ र्फमलाई जारी गर्ने गरिन्छ ।

र, आउटसोर्सिङ र्फममाथि आरोप छ कि यो भिसाको प्रयोग अरु कर्मचारी भर्नामा पनि प्रयोग भएको छ ।

अमेरिकी विश्वविद्यालयमा मास्टर्स डिग्री हासिल गर्नेका लागि २० हजार एच१ बी भिसा जारी गर्ने गरिन्छ ।

गत वर्ष एच १ बी भिसा पाउन लागि २ लाख बढी आवेदन परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment