+
+

नेपाल प्रहरीमा २६ सय ७८ प्रहरी जवानका लागि जागिर खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७३ माघ २० गते १५:५२

२० माघ, काठमाडौं । प्रहरी प्रधान कार्यालयले २६ सय ७८ पदका लागि भर्ना आह्वान गरेको छ । कार्यालयले प्राविधिकतर्फ एक हजार ३३ र जनपदतर्फ १६ सय ४५ जना प्रहरी जवान माग गरेको हो ।

प्रविधिक समूहअन्तर्गत मेकानिकल इन्जिनियर तथा सवारी, मेकानिकल विपद व्यवस्थापन, स्वास्थ्य, सञ्चार र संगीतका लागि योग्यता पुगेका उम्मेदवारले दरखास्त दिन आहृवान गरिएको छ ।

त्यस्तै आवास तथा भौतिक इन्जिनियरिङ, सूचना प्रविधि, कुकुर स्कुल, विधि विज्ञान र हातहतियारसम्बन्धी प्राविधिकका लागि पनि दरखास्त आहृवान गरिएको छ ।

सबैभन्दा धेरै सञ्चार प्राविधिकका लागि ७ सय १८ जनाका लागि र सबैभन्दा कम हातहतियार प्राविधिक ५ पदका लागि दरखास्त माग गरिएको छ ।

सूचनाका अनुसार फागुन १ गतेदेखि ३० गतेसम्म दरखास्त दिन सकिनेछ ।

त्यस्तै जनपद समूहतर्फ १६ सय ४५ जना नयाँ प्रहरी भर्नाका लागि पनि आवेदन माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?