Comments Add Comment

शाहरुखलाई कसले भन्यो स्टेजमा जानुअघि पाइन्टको जिपर हेर ?

एक अन्र्तवार्तामा शाहरुख खानले गजबको खुलासा गरेका छन् । प्रसंग यस्तो छ, अमिताभ बच्चनसँग एक पटक ब्याकस्टेजमा कुराकानी भइरहेको थियो । शाहरुखले सोधें, ‘स्टेजमा जानुअघि तपाई के गर्नुहुन्छ ?’

‘स्टेजमा जानुअघि आफ्नो पाइन्टको जिपर चेक गर्नु पर्छ’ अमिताभले भने ।

शाहरुखले अमिताभको यो सुझावलाई धेरै महत्वको ठानेका छन् । त्यसो त बलिउडकर्मीलाई बेलाबखत आफ्नै पहिरनले लाजमर्दो बनाएको उदाहरण धेरै छ । खासगरी अभिनेत्रीहरु ‘वार्डरोव मालफङ्सन’को शिकार हुने गरेका छन् । केहि स्क्यान्डल त यतिसम्म छ कि, कति अभिनेत्रीको भित्री बस्त्र नलाएको दृश्य समेत क्यामेरामा कैद भएका छन् ।

पहिरन साँघुरिएर, खुस्किएर भित्री बस्त्र देखिने घटना त कति छन् कति । हुन पनि सबैको ध्यान आफुतिर केन्द्रित भइरहेको बेला यस्ता गल्तीहरुले लाजमर्दो बनाउने नै भयो, त्यो पनि बलिउड स्टारलाई । सायद यसैले होला, बिग बी अर्थात अमिताभको सुझाव शाहरुखलाई घतलाग्दो लागेको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment