Comments Add Comment

उच्च अदालतका मुख्य न्यायाधीश छान्न न्यायपरिषद बैठक बस्दै

प्रधानन्यायाधीशका पतिलाई लिएर न्यायाधीश बैंकक उडेपछि खैलाबैला

२४ माघ, काठमाडौं । न्याय परिषद बैठक बस्ने तयारी भइरहेका बेला उच्च अदालतका मुख्य न्यायाधीशका एक प्रतिस्पर्धी प्रधानन्यायाधीशका पतिको उपचार गराउन बैंककतर्फ लागेका छन् ।

५ नम्बर उच्च अदालतका न्यायाधीश डा. कुलरत्न भुर्तेल प्रधानन्यायाधीश सुशीला कार्कीका पति दुर्गा सुवेदीको उपचारका लागि आइतबार बैंकक उडेका हुन् ।

प्रधानन्यायाधीश कार्कीको व्यवसायिक जीवनमा कहिल्यै दबाव नदिने स्वभावका सुवेदीलाई न्यायाधीश भुर्तेलले उपचारको जाँजोपाँजो मिलाएको स्रोतले जनाएको छ ।

तर सुवेदीसँग भुर्तेल पनि वैंकक जानु चाहिँ संयोगमात्र बनेको भुर्तेल निकट स्रोतले जनाएको छ ।

हाल ५ नम्बर प्रदेशको उच्च अदालत अन्तर्गत नेपालगन्ज इजलासका एक नम्बर न्यायाधीश भुर्तेल कानुन सचिव रहेकै बेला पुनरावेदन अदालतको न्यायाधीश बनेका थिए । भुर्तेल वैंकक लागेपछि मुख्य न्यायाधीशका प्रतिस्पर्धीहरुबीच खैलाबैला मच्चिएको छ ।

यसैबीच उच्च अदालतका मुख्य न्यायाधीश सिफारिस गर्न न्याय परिषद बैठक आजै अपरान्ह बस्दैछ । १ नम्बर र ४ उच्च अदालतका मुख्य न्यायाधीश जितबहादुर केसी र पुरुषोत्तम भण्डारी सर्बोच्च अदालतको न्यायाधीश भएपछि हाल दुई मुख्य न्यायाधीश खाली छन् ।

त्यस्तै सर्वोच्च अदालतमा पनि वैद्यनाथ उपाध्याय अवकाश भएपछि एक न्यायाधीश खाली छ । गोपाल पराजुली बरिष्ठताका आधारमा न्याय परिषद सदस्य भएपछि पहिलो पटक बैठक बस्न लागेको हो ।

पराजुलीले आफ्नो उमेर कायम गरि पाउँ भनी दिएको निवेदन पनि न्याय परिषदमै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment