+
+

प्रहरी प्रमुख अर्यालसँगै ११ एआईजी एकसाथ घर जाने 

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन १ गते १३:५७

१ फागुन, काठमाडौं । नेपाल प्रहरीका प्रमुख उपेन्द्रकान्त अर्यालले अवकाश पाउनु अघिल्लो दिन सरकारले डीआईजी जयबहादुर चन्दलाई आईजीपीमा बढुवा गरेको छ । सोमबार वर्तमान प्रहरी प्रमुख अर्यालसँगै ११ जना एआईजीले एकसाथ अवकाश पाउने छन् ।

वि. सं. ०४३ सालमा प्रहरी निरीक्षकसँगै प्रहरीमा प्रवेश गरेका एआईजीहरु राजेन्द्र सिंह भण्डारी, सुरेन्द्रबहादुर शाह, विज्ञानराज शर्मा, प्रतापसिंह थापा, वीरेन्द्रबाबु श्रेष्ठ र रमेश शेखर बज्राचार्यले आईजीपी अर्यालसँगै अवकाश पाउन लागेका हुन् ।

यादव अधिकारी, विश्वराज सिंह शाही, परशुराम खत्री र सुशीलवर सिंह थापाले पनि अवकाश पाउँदैछन् ।

नेपाल प्रहरीमा ७ जना एआईजीको मात्रै दरवन्दी भएपनि सुशील कोइरालाको पालामा भागबण्डा नमिलेपछि २ विषेश पद सृजना गरेर ९ जना एआईजी पुर्‍याइएको थियो ।

तर, यो बढुवामा पनि बरियता क्रम मिचिएको भन्दै चार जना अदालत गए । सर्वोच्चले एकपटकका लागि भन्दै बाँकी चार जनालाई पनि एआईजी बनाउन आदेश दियो । तर, अदालतले आदेश दिएको भण्डै एक वर्षपछि मात्रै फुली लगाएका थिए ।

त्यही आदेशसँग एआईजी भएका अधिकारी, शाही, खत्री र थापाले पनि सोमबार अवकास पाउँदैछन् ।

१३ जना मध्ये नारायण वस्ताकोटी र गणेशराज राईले यसअघि नै अवकाश पाइसकेकाले आईजीपी अर्यालसहित ११ जना एआईजीहरु एकसाथ घर जान लागेका हुन् ।

सशस्त्रमा तीन एआईजी खाली

उता सशस्त्र प्रहरी बलमा पनि एक नम्बरका सिंहबहादुर श्रेष्ठ आईजीपीमा बढुवा भएसँगै दुर्जकुमार राईसहित दुर्इ जना एआईजीले अवकाश पाउने भएका छन् ।

३० वर्षे सेवा अवधिकै कारण आईजीपी राई, एआईजीहरु कृष्णकुमार तामाङ र जितबहादुर पुनले अवकाश पाउन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?