+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

आइजीपी बनाईपाउँ भन्दै नवराज सिलवाल सर्वोच्चमा

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन १ गते १३:३९

१ फागुन, काठमाडौं । आफूलाई प्रहरी महानिरीक्षक बनाईपाउँ भन्दै डीआइजी नवराज सिलवालले आइतबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । सिलवालको रिटमाथि सोमबार सुनुवाई हुने भएको छ ।

आइतबार विहानै बसेको मन्त्रिपरिषद बैठकले तेस्रो बरियताका डीआइजी जयबहादुर चन्दलाई आइजीपी बनाउने निर्णय गरेको थियो । त्यसको केही घण्टामै डीआइजी सिलवालले अदालतको ढोका ढक्ढकाएका हुन् ।

डीआइजी सिलवालले दर्ता गरेको रिट निवेदनमा आफू बरियताको पहिलो नम्बरमा हुँदाहुँदै रोलक्रम मिचेर तेस्रो बरियताका चन्दलाई आइजीपी नियुक्त गरिएकाले मन्त्रिपरिषदको निर्णय बदर गरी आफूलाई आइजी बनाउने आदेश जारी गरी पाउँ भन्ने माग गरिएको छ ।

सिलवालको रिट सोमबारका लागि पेशीमा चढेको छ ।

यसैवीच आइतबार नै सर्वोच्च अदालतले जयबहादुर चन्दलाई आइजीपी बनाउने निर्णय यथास्थितिमा राख्नू भनेर अन्तरिम आदेश दिइसकेको छ । अधिवक्ता कपिलदेव ढकालले शुक्रबार दायर गरेको रिटमा प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले अन्तरिम आदेश दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?