बलिउडका चर्चित नायक वरुण धवनले आफूसँग बिहे गर्न चाहने यूवतीमा ३ विशेष गुण हुनुपर्ने बताएका छन् । चलचित्र ‘बद्रीनाथकी दुल्हनिया’को प्रमोशनका क्रममा बरुणले मिडियाको जवाफमा यो खुलासा गरेका हुन् ।
बरुणको लागि क्रेजी हुने यूवतीहरुको संख्या विश्वभर छ । तर, बरुणले भने आफ्नो दुलही बन्ने यूवतीमा ३ विशेष गुण हुनुपर्ने बताएका छन् । बरुणले आफूले चाडो भन्दा चाडो बिहे गर्न लागेको भन्ने खबरलाई भने गलत भनेका छन् ।
उनले यूवतीमा हुनुपर्ने गुण बताउँदै भने-‘म जुन यूवतीसँग बिहे गर्छु, उनी भारतीय नागरिक हुनुपर्नेछ । साथमा, इन्डिपेन्डेन्ट हुन आवश्यक छ । साथमा, मसँग बिहे गर्ने यूवती सुशिल हुन आवश्यक छ ।’
बरुणले आफूसँग बिहे गर्ने यूवतीको ३ गुण सार्वजनिक गरेका छन् । तर, उनले बिहे कहिले गर्छन्, यो भने खुलाएका छैनन् । बरुण अहिले नतासा नाम गरेकी यूवतीसँग प्रेममा रहेको चर्चा चल्ने गरेको छ ।
प्रतिक्रिया 4