बलिउडका लभ वर्ड टाइगर श्राफ र दिसा पटानी एकसाथ पर्दामा देखिन पाएका छैनन् । एक म्यूजिक भिडियो बाहेक यी दुइलाई एकसाथ पर्दामा हेर्ने दर्शकको चाहना पुरा भएको छैन ।
केहि समय अगाडि टाइगर श्राफको मुख्य भूमिका रहने चलचित्र ‘स्टूडेन्ट अफ द इयर’मा दिसाले काम गर्ने पक्का भएको थियो । तर, अब भारतीय मिडियामा दिसालाई एक स्टारकी छोरीले रिप्लेस गरेको चर्चा छ ।
दिसाको ठाउँमा अब नायक सैफअली खानकी छोरी साराअली खानले काम गर्ने पक्का भएको मिडियामा चर्चा छ । निर्माता करण जोहरले यो बिषयमा केहि पनि बोलेका छैनन् । तर, उनी सुरुवातमा दिसाको नाममा सहमत थिए । तर, अन्त्यमा स्टारकी छोरी भएकै कारण दिसालाई साराले रिप्लेस गर्दै एक सफल चलचित्रको सिक्वेलबाट बलिउडमा इन्ट्री गर्ने तयारी गरेकी छिन् ।
यहि, चलचित्रमा बलिउडमा आलिया भट्टको प्रवेश भएको थियो । के, साराले आलियाको जस्तै चर्चा यो चलचित्रबाट पाउलिन् त ?
प्रतिक्रिया 4