१६ फागुन, काठमाडौं । अखिल क्रान्तिकारी पद्मकन्या बहुमुखी क्याम्पस इकाइले स्ववियु निर्वाचनको प्रक्रिया अघि बढाउन क्याम्पस प्रशासनको ध्यानाकर्षण गराएको छ ।
निर्वाचन अधिकृतलाई पत्र लेख्दै क्रान्तिकारीले छिटो प्रक्रिया अघि बढाउन र चुनावमा आलटाल नगर्न माग गरेको हो । तर, क्याम्पस प्रमुख डा. रेनुका जोशी र निर्वाचन अधिकृत दिलिप मादेन सम्पर्कमा आएका छैनन् ।
‘यहाँ कुनै पनि विद्यार्थी संगठनको अवरोध छैन तर, क्याम्पस प्रमुख र निर्वाचन अधिकृत देखा नपर्दा चुनावको प्रक्रिया अघि बढेको छैन,’ अखिल क्रान्तिकारी पद्मकन्या क्याम्पस इकाइ अध्यक्ष बसन्ता भण्डारीले भनिन्, ‘कतै उहाँहरु स्ववियु चुनावको विपक्षमा त हुनुहुन्न भन्ने आशंका उब्जिएको छ ।’
क्याम्पस प्रमुख डा. जोशी र निर्वाचन अधिकृत मादेनले निर्वाचन गराउने भने पनि आलटाल गरिरहेको भण्डारीको भनाइ छ ।
त्रिभुवन विश्वविद्यालयको संशोधित कार्यतालिकाअनुसार सोमबार बिहान १० बजेसम्म स्ववियु चुनावको मनोनयन दर्ताको कार्यक्रम थियो । तर, पद्मकन्या क्याम्पसको प्रमुख र निर्वाचन अधिकृत सम्पर्कमा नआउँदा मनोनयन दर्तासमेत हुन नसकेको क्रान्तिकारीको भनाइ छ ।
निर्वाचन अधिकृतलाई अखिल क्रान्तिकारीले लेखेको पत्र
प्रतिक्रिया 4