+
+
Shares

जब खेलौनाले संसदमा सीट पायो …

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन १६ गते १४:२७

काठमाडौं । यूक्रेनका एक सांसदले संसदमा कमजोर अनुपस्थितिमाथि कटाक्ष गर्न रोचक तरिका अपनाएका छन् । उनले आफूसँग एउटा विशेष किसिमको खेलौना लिएर आए र त्यसलाई संसदको एउटा खाली कुर्सीमा राखिदिए ।

यूक्रेनका निर्दलीय सांसद बोरीस्लाव बेरेजा एक अन्डाकार खेलौना लिएर संसद पुगेका हुन् ।

यो खेलौना कलाकार मार्गरेट वान बि्रवुर्टले बनाएको कलाकृतिसँग मिल्दोजुल्दो थियो, जसले डाक्टरको प्रतिक्षामा बसेका बिरामीलाई संकेत गर्छ । यो कलाकृति यूक्रेनमा इन्टरनेटमा निकै लोकपि्रय भएको थियो ।

बेरेजाका अनुसार त्यतिबेला ३ सय २२ सांसदमध्ये एक सय ५० जनाभन्दा बढी अनुपस्थित थिए । संसदको एउटा सीटमा बसेर यसले यूक्रेनका जनताले जस्तै सांसदहरु आउने र आफ्नो काम गर्ने प्रतिक्षा गरिरह्यो । यो खेलौनासँग प्रतिक्षाको लागि समय पनि प्रशस्त थियो र धैर्यता पनि ।

बेरेजाको यस्तो शैलीलाई लिएर इन्टरनेटमा दुई थरी प्रतिक्रियाहरु आएका छन् । एक जनाले फेसबुकमा लेखेका छन्, ‘हेर्दा यो निकै मजेदार लाग्छ तर, यसको भित्री कारण दुःखदायी छ ।’

अर्का एक व्यक्तिले भने बेरेजाको यस्तो कार्यलाई घृणित संज्ञा दिएका छन् ।

यूक्रेनका सांसदहरु आफ्नो जिम्मेवारीप्रति लापरवाही रहेको आरोप लाग्दै आएको छ । उनीहरुले भोट दिनका लागि आफ्नो ठाउँमा सहयोगीलाई भोटिङ कार्ड दिएर पठाउँछन् जसलाई पियानो भोटिङ भन्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?