+
+
Shares

स्थानीय चुनावपछि मात्र संविधान संशोधन गर्ने प्रचण्डको प्रस्ताव अस्वीकार्यः मधेसी मोर्चा

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन १७ गते १६:२६


१७ फागुन, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले स्थानीय चुनाव गरेर मात्र संविधान संशोधन गर्ने प्रधानमन्त्री प्रचण्डको प्रस्ताव अस्वीकार गरेको छ ।

मंगलबार भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले समय लिएर भएपनि संशोधन पास नै गराउनु पर्ने भन्दै स्थानीय चुनावमा आउन आहृवान गरेका थिए ।

तर, लगतै बसेको मधेसी मोर्चाले बैठकले संविधान संशोधन नभएसम्म कुन पनि चुनावमा भाग नलिने बताएको छ । सद्भावना पार्टीका महासचिव मनिष सुमनले भने, ‘भोलि हामी स्पष्टताका साथ प्रधानमन्त्रीलाई भन्छौं कि संविधान संशोधन विना कुनै पनि निर्वाचनमा भाग लिन्नौं र हुन पनि दिन्नौं ।’

मधेसी मोर्चाले संविधान संशोधनको पक्षमा दुई तिहाई पुर्‍याउन पहल गर्ने निर्णय गरेको छ । सत्तारुढ माओवादी र कांग्रेसका नेताहरुले राप्रपा र फोरम लोकतान्त्रिकसँग छलफल गरेपछि संशोधनको पक्षमा माहौल जुटाउन मधेसी मोर्चापनि सक्रिय हुने निर्णय भएको सुमनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?