१८ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनको बैठक आह्वान गरेका छन् । बैठकमा कांग्रेस, माओवादी केन्द्र, राप्रपा, फोरम लोकतान्त्रिक र मधेसी मोर्चालाई बोलाइएको छ ।
दिउँसो चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा आगामी स्थानीय तह चुनाव र संविधान संशोधनबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीले पछिल्लो पटक स्थानीय चुनावपछि संविधान संशोधन गर्ने प्रस्ताव अघि सारेका छन् । स्थानीय तहको संख्या बढाउने र राष्ट्रिय सभाको निर्वाचक मण्डलबाट स्थानीय तह प्रमुख उपप्रमुखको मताधिकार हटाउन संविधान संशोधनको अर्को विधेयक ल्याउने उनको योजना छ ।
तर, मधेसी मोर्चाले संविधान संशोधन नभएसम्म कुनै पनि चुनावमा भाग नलिने अडान लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4