Comments Add Comment

ठूला क्याम्पसमा ताल्चा ठोकेर सामुदायिक क्याम्पसमा जितको होडबाजी, कसले कहाँ जिते ?

१८ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका ६० आंगिक र करीव ४ सय सम्बन्धन प्राप्त तथा सामुदायिक क्याम्पसहरुमा बुधवार निर्धारित स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन अधिकांश ठूला क्याम्पसमा हुन सकेन । जिल्लाका सामुदायिक उच्च मावि र थोरै विद्यार्थी अध्ययन गर्ने क्याम्पसहरुमा मात्र निर्वाचन भएको छ ।

अधिकांश आंगिक क्याम्पसहरुमा चुनाव हुन नसकेको त्रिभुवन विश्वविद्यालयले स्वीकार गरेको छ । त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुर, आरआर, शंकरदेव, मीनभवन, सरस्वती, त्रिचन्द्र, पद्मकन्या, पाटन, नेपाल ल, महेन्द्र रत्न ताहाचल, पृथ्वीनारायण क्याम्पस पोखरा, महेन्द्र मोरङ विराटनगर जस्ता ठूला क्याम्पसमा चुनाव भएन ।

विद्यार्थी संगठनहरुले आफू कमजोर भएका क्याम्पसमा चुनावै हुन नदिने नियतले तालाबन्दी र आगजनी गरेपछि चुनाव हुन नसकेको हो । ठूला क्याम्पसमा चुनाव हुन नदिएका विद्यार्थी संगठनहरुले सयको संख्यामा मतदाता रहेका क्याम्पसमा चुनाव जितेको दावी गर्दैै आ-आफ्नो बिजय घोषणा गरिरहेका छन् ।

अधिकांश सामुदायिक क्याम्पसहरुमा मुख्य तीन संगठन अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारी (प्रचण्ड)का विद्यार्थीहरुले जितेका छन् ।

माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारी प्रचण्डले बुधवार साँझ ६ बजेसम्म ३५ क्याम्पसमा जितेको लिष्ट सार्वजनिक गरेको छ । उसले पुल्चोक इन्जिनियरिङ क्याम्पसमा विजयी हुँदै नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाली कांग्रेस सम्बद्ध नेपाल विद्यार्थी संघले २४ र एमाले सम्बद्ध अनेरास्ववियुले ४९ क्याम्पसमा जितेको लिष्ट सार्वजनिक गरेको छ ।

यसैगरी राप्रपा निकट राप्रविसंघ ३ क्याम्पसमा विजयी भएको छ ।

अनेरास्ववियुले जितेका क्याम्पसहरु

  • १. जलबिरे क्याम्पस, सिन्धुपाल्चोक- अमृत थापा
    २. ईन्द्रावती क्याम्पस, सिन्धुपाल्चोक- बालकृष्ण दुलाल
    ३. सरस्वती क्याम्पस, सिन्धुली- रमेश कट्टेल
    ४. गौमती ब. क्याम्पस, सिन्धुली
    ५. त्रिदेव क्याम्पस, झापा- लक्ष्मी न्यौपाने
    ६. गौरादह क्याम्पस, झापा- कमल पौडेल
    ७. एकतप्ता बहुमुखी क्याम्पस इलाम- हिमाल खनाल
    ८. परमानन्द बहुमुखी क्याम्पस, गुल्मी- शितल थाप
    ९. सेती क्याम्पस, बझाङ- विमला अवस्थी
    १०. त्रिवेणी क्याम्पस, बझाङ- जय कुँवर
    ११. मंगला शिक्षा क्याम्पस, म्याग्दी- अनिषा भट्टराई
    १२. हिमशिखर क्याम्पस, सुर्खेत- रमेश शर्मा
    १३. फुलबारी क्याम्पस, कैलाली- लक्ष्मण गिरी
    १४. हिले ब. क्याम्पस- नरेन्द्र ब. राई
    १५. जालपादेवी क्याम्पस, धनकुटा- सावित्रा घिमिरे
    १६. डेडिथुम्का क्याम्पस- शालिकराम पराजुली
    १७. सन्जिवनी क्याम्पस धुलिखेल- रमेश सिंह ठकुरी
    १८. कुसादेबी क्याम्पस- मन्दिरा घिमिरे
    १९. रिडी बहुमुखी क्याम्पस, गुल्मी- रामप्रसाद पोखरेल
    २०. सिद्धार्थ सामुदायिक क्याम्पस, स्याङ्जा- प्रतिष्ठा कार्की
    २१. पाटन बहुमुखी क्याम्पस, बैतडी- महेशप्रसाद भट्ट
    २२. सल्यान बहुमुखी क्याम्पस, सल्यान- रामबहादुर खत्री
    २३. मान्डव्य बहुमुखी क्याम्पस, पाल्पा- नवीन बस्याल
    २४. शान्ती क्याम्पस, बझाङ- डम्बर सिंह
    २५. खापरदेव क्याम्पस, बझाङ- पुजा कार्की
    २६. आदर्श बहुमुखी क्याम्पस, धादिङ- रुपक गिरी
    २७. हनुमन्तेश्वर क्याम्पस, काभ्रे, दोलखा- सन्तोष दाहाल
    २८. खोटाङ क्याम्पस, खोटाङ- सन्तोषी फुयाँल
    २९. कानपुर क्याम्पस, काभ्रे- सुनिता तामाङ
    ३०. अमरदीप क्याम्पस, सुर्खेत- हरि देवकोटा
    ३१. उद्वुद्द क्याम्पस, पाल्पा- निर्जन आचार्य
    ३२. त्रियुगा क्याम्पस, उदयपुर- सुनिल तमाङ
    ३३. सिद्ददेव बहुमुखी क्याम्पस, पाँचथर- रविन सम्वाहाम्फे लिम्बू
    ३४. सिमपानी क्याम्पस, खोटाङ- रोशन पोख्रेल
    ३५. मादी ब. क्याम्पस, संखुवासभा- नवराज बडुवाल
    ३६. रामेश्वर क्याम्पस, संखुवासभा- नवीन याख्या राई
    ३७. भिमज्योती शिक्षा क्याम्पस, खुर्कोट- चुडामणि श्रेष्ठ
    ३८. नमुना बागेश्वरी क्याम्पस, धादिङ बैरेनी- सन्दीप घिमिरे
    ३९. जनक क्याम्पस, भकुन्डे काभ्रे- सरला दाहाल
    ४०. अन्नपूर्ण सामुदायिक क्याम्पस, कार्किनेटा- हिमाल श्रेष्ठ
    ४१. लाली क्याम्पस, दार्चुला- कमला पन्त
    ४२. खप्तड आदर्श क्याम्पस, डोटी- रमेश पचेरा
    ४३. बुडिनन्दा क्याम्पस, बाजुरा- केशरबहादुर भाट
    ४४. जनहित बहुमुखी क्याम्पस, मुस्ताङ- रबिन बानियाँ गुरुङ
    ४५. महादेव क्याम्पस रातमाटे, नुवाकोट- प्रदीप नेपाल
    ४६. जिरी क्याम्पस, दोलखा- समीर खड्का
    ४७. जितपुर क्याम्पस, धनकुटा- प्रतिमा श्रेष्ठ
    ४८. संखुवासभा बहुमुखी क्याम्पस- चैनपुर
    ४९. काठमाडौं क्याम्पस, कालीमाटी

अखिल क्रान्तिकारीले जितेका क्याम्पसहरु

  • १. पुल्चोक इन्जिनियरिङ क्याम्पस, ललितपुर- रोशन थापामगर
    २. महालक्ष्मी क्याम्पस, ललितपुर लुभु- सरोज महर्जन
    ३. सगरमाथा आइटी कलेज, सानेपा ललितपुर- मनिष खत्री
    ४. सिम्रुतु शिक्षा क्याम्पस, रुघा रुकुम- जीवन पुनमगर
    ५. सानोभेरी शिक्षा क्याम्पस, सिम्ली रुकुम- रामबहादुर विष्ट
    ६. स्यार्पु शिक्षा क्याम्पस, बाफिकोट रुकुम- नवराज केसी
    ७. मुसिकोट क्याम्पस, मुसिकोट रुकुम- नारायण केसी
    ८. शितल शिक्षा क्याम्पस, चौरजहारी रुकुम- अनुप पोखरेल
    ९. राडी शिक्षा क्याम्पस, आठविसकोट, रुकुम- खुबराज वली
    १०. सिस्ने शिक्षा क्याम्पस, रुकुमकोट- श्रीकुमार बुढाथोकी
    ११. शिवजन क्याम्पस शितलपाटी, सल्यान- हरिप्रकाश वली
    १२. बनगाड क्याम्पस, सल्यान- इन्द्रबहादुर बुढाथोकी
    १३. फारुला बहुमुखी क्याम्पस, सल्यान- रामप्रसाद शर्मा
    १४. लटिनाथ बहुमुखी क्याम्पस, दार्चुला- नरबहादुर बिष्ट
    १५. गोकुलेश्वर बहुमुखी क्याम्पस, दार्चुला- भुवन भण्डारी
    १६. नलगाड बहुमुखी क्याम्पस, जाजरकोट- राजन राना
    १७. पाणिनी बहुमुखी क्याम्पस, अर्घाखाँची- लक्ष्मण खड्का
    १८. त्रिपुरा क्याम्पस, नाम्दु दोलखा- शालिकराम उप्रेती
    १९. प्रताप स्मृति कलेज, सिंगटी दोलखा- नमराज बस्नेत
    २०. प्रभा बहुमुखी क्याम्पस, काभ्रे- विनोद चौलागाई
    २१. दाप्चाकृष्ण क्याम्पस, दाप्चा, काभ्रे- अमृत अधिकारी
    २२. पुष्पलता बहुमुखी क्याम्पस, लमजुङ- संगिता भुजेल
    २३. जनज्योति क्याम्पस, पुर्कोटदह, गुल्मी- सिर्जना घिमिरे
    २४. धुर्कोट पर्मानन्द भण्डारी क्याम्पस, गुल्मी- शितल थापा
    २५. भाषा क्याम्पस, धनकुटा- नवीन पौडेल
    २६. लाम्पन्टार बहुमुखी क्याम्पस, सिन्धुली- विमल रमौली मगर
    २७. जुगल बहुमुखी क्याम्पस, सांगाचोक सिन्धुपाल्चोक- जयन्द्र श्रेष्ठ
    २८. पालुङ बहुमुखी क्याम्पस, पालुङ मकवानपुर- मुकेश घोले
    २९. भेरी शिक्षा क्याम्पस, गुमी सुर्खेत- रितकुमार विक
    ३०. गुराँस बहुमुखी क्याम्पस, बर्दिया- धनसरा ढकाल
    ३१. चौमाला बहुमुखी क्याम्पस, कैलाली- प्रकाश आचार्य
    ३२. नेत्रावती सामुदायिक क्याम्पस, धादिङ- रामबाबु विष्ट
    ३३. परोपकार आदर्श बहुमुखी क्याम्पस, जौवारी गोर्खा- मिना पन्त
    ३४. जयपृथ्वीबहादुर सिंह क्याम्पस, बझाङ- रामचन्द्र रोकाय
    ३५. नन्दादेवी बहुमुखी क्याम्पस, कालिकोट- लक्ष्मण बुढा

नेविसंघले जितेका क्याम्पसहरु

  • १. मालुंगा सामुदायिक क्याम्पस,- खगेन्द्र भण्डारी
    २. ठोकल्पा सामुदायिक क्याम्पस, सिन्धुपाल्चोक- बसन्त महत
    ३. गुप्तेश्वर क्याम्पस, पर्वत- सुशील क्षेत्री
    ४. गोकुलेश्वर कृषि क्याम्पस, बैतडी- राजेन्द्र बम
    ५. प्रकाश बहुमुखी क्याम्पस, काभ्रे- तृष्णा पन्त उप्रेती
    ६. नीलकण्ठ क्याम्पस धादिङ- सरोजराज पाण्डे
    ७. मछिन्द्र क्याम्पस, धादिङ- प्रमोद गिरी
    ८. मंगला क्याम्पस, लमजुङ- विश्वनाथ मिश्र
    ९. कान्तिपुर क्याम्पस, काठमाडौं- प्रवल बज्राचार्य
    १०. दिपायल क्याम्पस, डोटी- जीवन भण्डारी
    ११. घन्टेश्वर सेतीमहाकाली क्याम्पस- जितेन्द्र बोहोरा
    १२. दुधकोसी क्याम्पस, सोलुखुम्बु- मिलन के.सी.
    १३. त्रिपुरेश्वर शिक्षा क्याम्पस, सिन्धुली- बसन्त अधिकारी
    १४. कोट्देउला जनआदर्श क्याम्पस, दैलेख- रमाकुमारी नेपाली
    १५. कपुरकोट क्याम्पस सल्यान- सन्देश आचार्य
    १६. त्रिपुरा सुन्दरी क्याम्पस, अछाम- भिम कुँवर
    १७. सिंजा क्याम्पस, जुम्ला- अमरसिंह खत्री
    १८. राधा दामोदर संस्कृत विद्यापीठ- सोवित पाठक
    १९. सप्तकोशी क्याम्पस, सुनसरी- प्रतिक राई
    २०. अपिलम्पा क्याम्पस, हुती दार्चुला- तोयराज भट्ट
    २१. राष्ट्रिय बहुमुखी क्याम्पस, दत्तु दार्चुला- धरेन्द्र धामी
    २२. राजा दामोदर क्याम्पस, स्याङ्जा
    २३. गलकोट बहुमुखी क्याम्पस, तनहुँ
    २४. विन्दवासिनी पोखरा- केशव आचार्य

राप्रविसंघले जितेका क्याम्पसहरु

  • १. समयथान बहुमुखी क्याम्पस, शिवराज कपिलवस्तु- बासुदेव केसी
    २. आदर्श बहुमुखी क्याम्पस, कपिलवस्तु- रजत गुप्ता
    ३. वंशगोपाल बहुमुखी क्याम्पस, मकवानपुर- लक्ष्मण पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment