Comments Add Comment

१०० क्याम्पसमा स्ववियु चुनाव जितेको अखिलको दाबी (सूचीसहित)


१९ फागुन, काठमाडौं । नेकपा एमालेसम्वद्ध अनेरास्ववियूले देशभरका १०० क्याम्पसमा आफ्नो संगठनले स्ववियु चुनाव जितेको दाबी गरेको छ ।

अनेरास्ववियुले बिहीबार पत्रकार सम्मेलन नै गरेर सूची समेत सार्वजनिक गरेको छ । अनेरास्ववियुकी अध्यक्ष नविना लामाका अनुसार ३६० क्याम्पसमा स्ववियु रहेकोमा २३० मा चुनाव सम्पन्न भएको छ ।

राजधानीमा ४८ क्याम्पस रहेकामा ११ वटामा चुनाव भएको छ । र, ६ वटामा आफ्नो संगठन विजयी भएको लामाले बताइन् ।

कांग्रेस सम्बद्ध नेविसंघले ९५ क्याम्पसमा स्ववियु चुनाव जितेको दावी गरेको छ ।

हेर्नुहोस् अखिलले सार्बजनिक गरेको सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment