Comments Add Comment

एनआईसी एसिया क्यापिटल सञ्चालनमा, मर्चेन्ट बैंकको कार्यक्षेत्र बढ्दै


२२ फागुन, काठमाडौं । एनआईसी एसियाले धितोपत्र सम्बन्धी कारोबार गर्ने उदेश्यले ‘एनआईसी एसिया क्यापिटल लिमिटेड’ को नामबाट मर्चेन्ट बैंक सञ्चालनमा ल्याएको छ ।

‘हामी युनिभर्सल बैंकिङ प्रणालीअनुसार सबै कार्य एकै संस्थाबाट दिने उद्देश्यले यो क्यापिटल सञ्चालनमा ल्याएका हौं,’ एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले भने । उनले बैंकको प्रवर्द्धनमा सामुहिक लगानी कोष, लघुवित्त कम्पनी ल्याउने योजना समेत रहेको जानकारी दिए ।

उनले सेयर डिम्याट (सेयर विद्युतीय अभिलेख राख्ने सेवा) लिने सेवाग्राहीलाई खातामा रहेको सेयरको जानकारी एसएमएसमार्फत् निशुल्क गर्ने व्यवस्थाको तयारी गरिरहेको जानकारी समेत दिए । मचेन्ट बैंकरहरुले हाल सेयर बिक्री प्रबन्धक, सेयर रजिष्ट्रार, लगानी व्यवस्थापन र सेयर प्रत्याभुतीको काम गर्दै आएका छन् ।

धितोपत्र बोर्डले मर्चेन्ट बैंकको कार्यक्षेत्र बिस्तार गर्ने गरि यससम्बन्धि विनियमावली संशोधन गरिरहेको छ ।

‘हामी यस्ता संस्थाको चुक्ता पुँजी बढाउँने र कार्य क्षेत्र बढाउने तयारीमा रहेका छौं, नियमावली आएपछि यस्ता संस्थाले भेन्चर क्यापिटल, कर्जामा सहजीकरण, परामर्श सेवा दिन सक्नेछन्,’ धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले भने । १ महिनामा नै यो नियमावली स्वीकृत भएर आउने सम्भावना समेत कार्कीले देखाए ।

एनआईसी एसियाको प्रवर्द्धनमा सञ्चालनमा आएको यस क्यापिटलको चुक्ता पुँजी भने १० करोडको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment