1. ताजा अपडेट
Comments Add Comment

उँटको सुन्दरता प्रतियोगिता हुने, विजेतालाई ३ अर्ब !

हुँदा-हुँदा अब जनावरको पनि सुन्दरता प्रतियोगिता हुन थालेको छ । त्यो पनि ३ अर्ब रुपैयाँभन्दा बढि पुरस्कार राशीका साथ ।

यस्तो प्रतियोगीता साउदीअरबमा आयोजना हुन लागेको हो । यसै महिना रियादमा हुने किङ अब्दुल्लाह उँट महोत्सवमा तीन लाख उँट सहभागी हुने बताइएको छ ।

मापदण्ड अछुतो प्राकृतिक सुन्दरता’ का लागि प्रतिस्पर्धि उँटहरुले कडा खालका मापदण्ड पुरा गरेको हुनैपर्छ । घुम्रिएको कपाल, भुवादार कान, लामा परेला तथा अग्लो र ठीक ठाउँमा रहेको जुरोलाई सुन्दरताको मापदण्ड बनाइएको छ । संसारकै सबैभन्दा सुन्दर घोषित उँटलाई ताजसहित २ करोड ५० लाख पाउन्ड (करिब तीन अर्ब २८ करोड रुपैयाँ) पुरस्कार दिइने छ ।

महोत्सवका प्रवक्ता डा. तलाल अल तोरिफीले भने, ‘मूल्यांकनकर्ताहरुले अहिले उँटहरुको अछुतो प्राकृतिक सुन्दरतालाई विश्लेषण गरिरहेका छन् ।

उँटहरुलाई उनीहरुको रंग र नश्लअनुसार पाँच श्रेणीमा वर्गिकरण गरिएको छ । यीनै श्रेणीका आधारमा उपयुक्त मापदण्ड प्रयोग गरेर सुन्दर उँट छनोट गरिनेछ । यी मापदण्डमा उँटको टाउको, ओठले दाँत छोप्छ कि छोप्दैन, घाँटीको लम्बाई र जुरोको गोलाई लगायत छन् । यसैगरी अन्य मापदण्डमा आँखाको आकार कस्तो छ, परेलाको लम्बाई कति छ, नाक कसरी घुमेको छ, कानहरु पछाडि फर्केका छन् कि छैनन्, जुरो कहाँनेर कसरी अवस्थित छ, लगायत रहेका छन् ।

मूल्यांकनकर्ताहरुले दिने मतका आधारमा छनोट हुने विजेताले ठूलो धनराशी पुरस्कार जित्नुका साथ स्टक बजारमा उसको मोल पनि नाटकीय रुपमा आकाशिने छ ।

एक महिनासम्म चल्ने महोत्सवका क्रममा कविता वाचन, लोक संगीत भोज र उँटको लिलामी पनि आयोजना हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

ट्रेन्डिङ

Advertisment