अस्वस्थ्यकर खानपानले हाम्रो पाचन यन्त्र कमजोर हुनपुग्छ । पाचनयन्त्र कमजोर भएपछि नै हो, शरीरमा अनेकौ समस्या पैदा हुने । यद्यपी कब्जियत, अपच, झाडापखला जस्ता पाचनसम्बन्धी समस्याको घरेलु बिधीबाट पनि उपचार खोज्न सकिन्छ ।
एसिडिटी
– एक कप पानीमा तीन वटा सुकुमेलको पाउडर मिसाएर उमाल्ने । त्यसलाई चिसो बनाएर पिउनुपर्छ ।
– केहि तुलसीको पत्ता राम्ररी पखाल्ने र चपाउने ।
– एक चम्चा मेथी दानामा थोरै पानी मिसाएर पेस्ट बनाउने, त्यसलाई छानेर रस पिउनुपर्छ ।
वान्ता
– ल्वाङको एक टुक्रा मुखमा राखेर चपाउने । त्यस्तै एक कप पानीमा चार-पाँच वटा ल्वाङ राखेर उमाल्ने र सेलाएपछि पिउने ।
– १-१ चिया चम्चा पुदिना र कागतीको रसमा एक ठूलो चम्चा मह मिसाएर पिउने ।
– १ चिया चम्चा अदुवाको रस र कागती मिसाएर पिउने ।
कब्जियत
– हरेक दिन आधा ग्लास मनतातो पानीमा आधा चम्चा भुटेको जिरा पाउडर सेवन गर्नाले कब्जियत ठीक हुन्छ ।
– दिनमा दुई पटक एक चिया चम्चा त्रिफला पाउडर र मह मिसाएर सेवन गर्नाले कब्जियतमा आरम मिल्छ ।
– आधा ग्लास पालुङ्गोको जुसमा आधा ग्लास पानी मिसाएर दिनमा तीन पटकसम्म पिउनुपर्छ ।
अपच
– १ गिलास तातो पानीमा चुट्कीभर हिंग र बीरे नुन मिलाएर दिनमा तीन पटक पिउनुपर्छ ।
– १ गिलास तातो पानीमा एक कागतीको रस, एक ठूलो चम्चा बेकिङ सोडा र चुट्कीभर नुन मिसाएर पिउने आरम मिल्छ ।
– १ कप पानीमा थोरै पुदिनाको पात मिसाएर तीनचार मिनेट उमाल्ने । त्यसपछि छानेर उक्त रसमा मह मिसाएर पिउनुपर्छ ।
झाडापखला
– अदुवाको एक सानो टुक्रा पोल्ने र त्यसमा एक चिया चम्चा मह मिसाएर सेवन गर्ने ।
– पाकेको केरालाई दहीमा मिसाएर सेवन गर्नाले पनि झाडापखला ठीक हुन्छ ।
– दुई ठूलो चम्चा दहीमा आधा चिया चम्चा मेथीदाना र जिरा मिसाएर सेवन गर्ने ।