+
+
Shares

बगिरहेको त्रिशुलीमाथि धिरजको कन्सर्ट

गिनिजबुकमा नाम दर्ता गर्ने प्रयास

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २४ गते ११:३६

काठमाडौं । गायक धिरज राईले बगिरहेको त्रिशुलीमा गीत गाएका छन् । गायक राईका अनुसार बगिरहेको नदिमा कन्सर्ट गरिएको यो विश्वमै पहिलो घटना हो ।

फिस्लिङदेखि कुरीनटारसम्म धिरज लगायतका कलाकारहरुले गीत पस्तुत गरेका थिए । तीनवटा र्‍याफ्टिङमा कलाकार थिए भने १८ वटामा दर्शक एवं स्रोता ।

नेपालका नदी र्‍याफ्टिङका लागि सुरक्षित छ र त्रिशुली बचाउनुपर्छ भन्ने सन्देश दिनका लागि कार्यक्रम गरिएको धिरजले बताए ।

कार्यक्रमको सुरुवात भगवान गौतम बुद्धसम्बन्धि गीत गाएर गरिएको थियो । भगवान गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश विश्वमा दिनका लागि पनि यो कन्सर्ट फलदायी भएको धिरजको बुझाई छ ।

नेपाल खाद्य बैंक, र्‍याफ्टिङ एशोसिएसन र त्रिशुली बचाउ अभियानले कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा बिजय लामा, मनिषा पोखरेल, रेखा पौडेल, इन्सु राई, टार्जन लिम्बु लगायतले विभिन्न गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रमको क्रममा तीन ठाउँमा निकै अप्ठ्यारो भएको महसुस गरे धिरजले तर, पनि दर्शक उत्साहित थिए । गीत सुन्दै त्रिशुलीमा पौडि खेल्न समेत सफल भए कतिपय दर्शक ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?