+
+
Shares

रणवीर कपुर जेलमा, कारण यस्तो छ

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २५ गते ११:२१

बलिउड कलाकारहरु फिल्ममा आफ्नो भूमिकामाथि न्याय गर्न जे पनि गर्छन् । यही उदाहरण पेश गरेका छन् रणवीर कपुरले ।

रणवीर अहिले भोपालको एउटा जेलमा छन् । उनले सात दिन जेलमा बिताउने छन् । खासमा उनी कुनै अपराध गरेर होइन, सञ्जय दत्तको जीवनमाथि बन्न लागेको बायोपिक फिल्मको तयारीका लागि जेल जान लागेका हुन् ।

यो फिल्ममा रणवीरले सञ्जय दत्तको भूमिका निभाउँदैछन् । गैरकानूनी हतियार राखेको अभियोगमा सञ्जय दत्त लामो समय जेल बसेका थिए, र यही दृष्यका निम्ति आफूलाई तयार पार्न रणवीर जेल बसेका हुन् । जेलमा रणवीरको केही दृष्य सुटिङ गरिसकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?