Comments Add Comment

एउटा अनौठो देश, जहाँ महिलाले पुरुषलाई जनवार झैं व्यवहार गर्छन्

हाम्रो समाज पितृसतात्मक छ । यो संरचनामा महिलामाथि पुरुष हावी हुने गरेका छन् । तर, दुनियाँमा यस्तो पनि समाज वा मुलुक छ, जहाँ महिलाको अगाडि पुरुष निरिह र बामपुड्को लाग्न सक्छ । उक्त मुलुकमा महिलाहरुको नोकर बन्नुपर्छ, पुरुषले । र, पुरुषलाई त्यही कामका लागि महिलाले अश्रय समेत दिने गर्छन् ।

–    यस देशको स्लोगन छ, ‘वुमन ओभर मेन’ । यहाँको शासनसत्ता महिलाकै हातमा छ ।

–    यो देश ‘अदर वल्र्ड किङडम’ हो, जो १९९६ मा युरोपियन देश चेक रिपब्लिकबाट छुटिएर बनेको थियो ।

–    यस देशकी रानी प्याटि्रशिया हुन्, जसको यहाँ एकछत्र राज चल्छ ।

–    अहिलेसम्म यसलाई अन्य मुलुकले ‘छुटै मुलुक’को मान्यता दिएको छैन । यस देशको राजधानी ब्ल्याक सिटी हो ।

–    चेक रिपब्लिकमा अवस्थित यो देशको आफ्नो झन्डा, पैसा, पासपोर्ट र पुलिस फोर्स छ ।

–    यहाँका मुल नागरिक केवल महिला हुन् । यहाँ पुरुषलाई जनवारलाई जस्तै व्यवहार गरिन्छ ।

–    पुरुषलाई यहाँ नोकरभन्दा माथिल्लो दर्जा दिइदैन । यस मुलुकको निर्माणमा दुई मिलियन डलर खर्चिएको थियो ।

महारानीका लागि कुर्सी

–    यो अनौठो देशमा दोस्रो मुलुकबाट आउने पुरुषले रानीका लागि कुर्सी वा सोफा बनाउनुपर्छ ।

–    यदि नोकरले मदिरापान गर्न चाह्यो भने तिनको मालिकनीको खुट्टामा पोखाइन्छ र त्यसैमा चाटेर खानुपर्छ ।

–    महारानी प्याटि्रशियाले आफ्नो मर्जी अनुसार देशको कानुन बदल्न सक्छिन् ।

–    उनले यस देशमा नागरिकता लिन चाहने महिलाका लागि केहि नियम बनाएकी छिन् ।

–    कसैले आफ्नो सहमतिमा शारीरिक सम्पर्क गर्ने उमेरमा पुग्यो भने उसले कम्तीमा एक जना पुरुष नोकर राख्नुपर्ने हुन्छ ।

–    कुनैपनि महिलाले कम्तीमा पाँच दिन महारानीको महलमा बिताउनुपर्ने हुन्छ ।

यस्तो छ देश

– तीन हेक्टर अर्थात ७ दशमलव ४ एकड जमिनमा फैलिएको देशमा केहि ठूला महल छन् ।

–    २ सय ५० मिटरको ओभल ट्रैक, सानो झिल र घाँसे मैदान छ ।

–    यहाँको मूख्य भवन महारानीको दरबार हो, त्यहीबाट पुरै देशको शासन चलाइन्छ ।

–    यहाँ पुस्तकालय, दरबार, कारागार, कक्षा कोठा, जिम र कैदी राख्ने जेल छ ।

–    साथै स्विमिङ पुल, रेष्टुरेन्ट, नाइटक्लब पनि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment