+
+
Shares

ओलीले भने-अलच्छिन सरकार ! गाडी नपल्टिएको दिनै छैन

अनलाइनखबर अनलाइनखबर
२०७३ फागुन २९ गते १६:४८

२९ फागुन, भैरहवा । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले अहिलेको सरकार ‘अलिच्छिनी’ भएको बताएका छन् । यो सरकार बनेदेखि नै गाडी दुर्घटना भएको भन्दै ओलीले आमसभामा भने-कस्तो अलच्छिनी सरकार !’

मेची-महाकाली राष्ट्रिय अभियान लिएर आइतबार भैरहवा पुगेका प्रमुख विपक्षी दल एमालेका शीर्ष नेताहरुले प्रचण्ड सरकारसँगै मधेसी मोर्चाको पनि चर्को आलोचना गरेका छन् । यतिसम्म कि एमाले अध्यक्ष ओलीले सवारी दुर्घटना पनि प्रचण्ड सरकारकै कारण भएको बताए ।

पूर्वप्रधानमन्त्री ओलीले भने, ‘विकास प्रेमी, नेपाली जनताले मन पराएको सरकारलाई हटाएर अर्कैको इशारामा एउटा यस्तो सरकार बनेको छ । यो सरकार बनेदेखि गाडी नपल्टिएको दिन नै छैन । उम्दै उलच्छिनी सरकार !’

उनले मधेसी मोर्चामाथि केही मानिस मराउने र त्यसमाथि राजनीति गर्ने गरेको आरोप लगाए । सप्तरीमा पनि त्यस्तै भएको भन्दै उनले भने, ‘तथाकथित मधेसी मोर्चाले केही मानिसलाई उचालेर भिडन्तको स्थिति बनायो ।’

संविधान संशोधन विधेयक कुनै हालतमा पास हुन नदिने भन्दै ओलीले भने, ‘भत्ता लिने, गाडी चड्ने अनि संविधान मान्दिन भन्ने । नकचरोको पनि हद हुन्छ नि ?’

‘नयाँ शक्ति बुद्धि विग्रिएकाहरुको समूह’

एमाले अध्यक्ष ओलीले नयाँ शक्ति नेपाललाई बुद्धि बिग्रिएकाहरुको समूहको संज्ञा दिएका छन् । नयाँ शक्ति नामको २/४ जनाको समूहले एमाले मुक्त अभियान भनेको भन्दै उनले भने, ‘बुद्धि बिग्रिएका भ्रष्ट बुद्धिजिवीहरुको संगठन ।’

यो पनि पढ्नुहोस् 

नक्कली बाबुरामको फेसबुक स्टाटसमा ओली पनि झुक्किए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?