Comments Add Comment

विद्याले किन भनिन्- म पब्लिक प्रपर्टी होइन

बलिउड अभिनेत्री विद्या बालन हाल फिल्म ‘बेगम जान’ को प्रमोसनमा व्यस्त छिन् । यसै सिलसिालमा उनी हालै कोलकाता पुगेकी थिइन् ।

समाचारअनुसार कोलकोताको एयरपोर्टमा विद्यामाथि छेडछाड भएको थियो । त्यसको विरोधमा विद्याले जंगिएर भनिन्, ‘म कुनै पब्लिक प्रपर्टी होइन ।’

भएको के थियो भने एक फ्यानले उनलाई सेल्फी खिच्नलाई आग्रह गरे । विद्याले त्यसलाई सहर्ष स्वीकारिन् र उनीसँग फोटो क्लीक गरिन् । तर त्यति नै बेला ती फ्यानले विद्याको काँधमा हात राखेर गलत तवरले टच गरे । यत्तिले विद्यालाई झोक चल्यो । उनले सबैका सामुन्ने चिच्याउँदै भनिन्, ‘ठेगानमा बस्नुस । यो तपाईं के गर्दै हुनुहुन्छ ?’

यो घटनाबाट विद्यालाई ठूलै चोट पुगेछ क्यारे । हालै एउटा लिडिङ वेवसाइटलाई दिएको अन्तरवार्तामा उनले आफ्नो मनको भँडास पोखेकी छिन् । अन्तरवार्तामा उनले भनिन्, ‘जब एउटा अपरिचित, चाहे पुरुष हो वा स्त्री, ले तपाईंको काँधमा हात राख्छ, त्यतिबेला पक्कै पनि असहज हुन्छ । हामी पब्लिक फिगर त हौं तर पब्लिक प्रपर्टी त होइनौं नी ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment