Comments Add Comment

एभरेष्ट बैंकले घटायो मुद्दती खाताको व्याजदर


३ चैत, काठमाडौं । एभरेष्ट बैंकले अधिकत्तम व्याजदर भएको मुद्दती खातामा यो दर ०.५०% ले घटाएको छ । बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम कल खाताहरुको व्याजदर पनि क्रमशः घटाउदै लगेको जानकारी दिएको छ ।

राष्ट्र बैंकले ल्याएको निर्देशन अनुसरण गर्दै बैंकले निक्षेपको व्याजदर समायोजन गरेको उल्लेख गरेको हो । यसरी बचतमा व्याज  घटाउदा, व्यावसायी/उद्योगीहरुले उचित व्याजदर मा कर्जा पाउन मद्दत पुग्ने बैंकले उल्लेख गरेको छ ।

बैंकले हाल आफ्ना ६० वटा शाखाहरु, ६ एक्सटेन्सन काउन्टर, २५ राजश्व संकलन काउन्टर र ८६ एटिएम तथा बाह्य सन्जाल मार्फतसेवाहरु प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment