Comments Add Comment

फोटोसुट गर्दैगर्दा रेलले हानेर गर्भवती मोडलको मृत्यु

अमेेरिकाको टेक्सासमा एक मोडलले रेल्वे लाइनमा फोटोसुट गर्ने क्रममा ज्यान गुमाएकी छिन् ।

१९ वर्षकी फ्रेजानिया थोम्पसनले नेवासोटाको रेल्वे लाइनमा फोटो खिचाइरहँदा ट्रेन आएर उनलाई हानेको थियो । रेल्वे लाइनमा उभिएकी मोडलको अन्तिम तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

स्थानीय प्रहरीका अनुसार दुर्घटनामा परेकी फ्रेजानिया गर्भवती थिइन् । एउटा ट्रेनबाट ओर्लिएर फोटो खिचाउँदै गर्दा उनलाई अर्को ट्रेनले किचेको थियो ।

उनकी आमा ह्याकेमी स्टीवेन्सनले स्थानीय अखबार ‘द इगल’ सँग बताएअनुसार यो फ्रेजानियाको पहिलो फोटोसुट थियो र उनी भर्खरै मोडलिङमा लागेकी थिइन् ।

नेवासेटो प्रहरी प्रमुख लीथले यो घटनामा प्रहरीले अनुसन्धान गरिरहेको बताएका छन् । अहिलेसम्मको अनुसन्धानबाट यो कुनै अपराधिक घटनाजस्तो नदेखिएको उनको भनाइ छ ।

फ्रेजानियालाई कुल्चने ट्रेन चलाउने कम्पनी युनियन प्यासिफिकका प्रवक्ता जेफ डी ग्राफले प्रष्टिरकण दिएका छन् । उनले भने, ‘हामीले रेल लाइनमा फोटोसुट भइरहेको देखेनौं । ट्रेन नजिक आएपछि चालक दलको व्यक्तिहरुले फोटोग्राफर र अन्य मानिसहरुलाई लाइनमा देखे, उनीहरुलाई चेतावनी दिए र ट्रेन रोक्ने कोशिस पनि गरे ।’

अमेरिकाको संघीय रेल प्रशासनको तथ्यांकअनुसार गत वर्ष रेल लाइनमा दुर्घटनाको शिकार भएर ८ सय १३ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment