Comments Add Comment

रियल मड्रिडले जित्यो, बार्सिलोनालाई ५ अंक पछाडि छाड्यो

६ चैत, काठमाडौं । एथ्लेटिको बिल्बाओलाई पराजित गर्दै लिग लिडर रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा ५ अंकको अग्रता कायम गरेको छ ।

शनिबार राति भएको खेलमा रियल मड्रिडले बिल्बाओलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

बिल्बाओको घरेलु मैदानमा भएको खेलमा रियलले २५ औं मिनेटमा करिम बेन्जिमाको गोलबाट अग्रता लिएको थियो । ६५ औं मिनेटमा अडुरिजले घरेलु टोलीका लागि बराबरी गोल फर्काए । तर, धेरैबेर टिक्न सकेन ।

६८ औं मिनेटमा कासिमेरोले गोल गर्दै पुनः रियल मड्रिडलाई अग्रता दिलाए । खेलमा थप गोल हुन सकेन र रियल मड्रिडले महत्वपूर्ण ३ अंक हात पारेको छ ।

जितसँगै मड्रिडको २७ खेलबाट ६५ अंक छ । दोस्रो स्थानमा रहेको बार्सिलोनाको समान खेलबाट ६० अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment